• ललितपुर, चैत २३ गते । पाटनको सबैभन्दा लामो जात्राका रुपमा रहेको मत्स्येन्द्रनाथको जात्राका लागि रथ बनाउन शुरु भएको छ ।

    रथ बनाउनका लागि आवश्यक सबै काठ, बेत, बाँस जुटिसकेकाले बनाउन शुरु गरिएको गुठी संस्थान ललितपुरका प्रमुख शैलेन्द्र पौडेलले बताउनुभयो ।

    रथ निर्माणको जिम्मेवारी पाएका बाराहीले काम शुरु गरिसकेका छन् । यो महिनाभरमा सक्ने गरेर काम अघि बढेको छ । यो वर्ष वैशाख ५ गते देवताको रथारोहण हुँदैछ । उहाँ भन्नुहुन्छ, “त्यसअघि नै रथ बनाउने सबै काम सकिनेछ ।”

    यो वर्ष रथ निर्माणका लागि अधिकांश नयाँ काठ प्रयोग भएको छ । पाङ्ग्राबाहेक धमा, खट, थामलगायतमा नयाँ काठको प्रयोग गरिएको हो । गत कात्तिकबाट काठ काट्न अनुमति लिने काट्ने र ढुवानी गर्न थालिएको थियो ।

    ललितपुरकै लामाटारबाट लस्सी जातको काठ ल्याउन अझै बाँकी छ । उहाँ भन्नुहुन्छ, “अरु सबै काठ आएकाले अब नियमित काम हुनेछ ।”

    पाँच वैशाखमा रथारोहण भएपछि मत्स्येन्द्रनाथलाई भोलिपल्ट नै गाःबहाल पु¥याइन्छ । रथलाई पाटनभर घुमाएपछि जाउलाखेलमा लगेर भोटोजात्रा हुने गर्दछ ।

    रातो मत्स्येन्द्रनाथको जात्रालाई उपत्यकाको सबैभन्दा लामो जात्रा मानिन्छ । सहकालका देवता मानिने मत्स्येन्द्रनाथ पाटनमा छ महिनामा र छ महिना बङ्गमतिमा रहन्छन् । पाटनमा झण्डै छ महिना रहदा विभिन्न किसिमका जात्रा पर्व हुनेगरेको छ ।  (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…