• काठमाडौं,  २४ चैत । नेपाली कांग्रेसका प्रभावशाली नेता खुमबहादुर खड्काको निधन भएपछि उनले सम्हालिरहेके टिम अब कसरी अघि बढ्छ भन्ने चासो बढ्न थालेको छ।

    चैत १६ गते खड्काको निधनभएसँगै यो टिम छिन्न भिन्न हुन्छन की, एकीकृत हुन्छ भन्ने चासोका बारेमा नेताहरु खुलेर कुरा गर्न चाहेनन्।

    पार्टीभित्र सशक्त नेताको टिम बनाएर नेतृत्व गरिरहेका नेता खड्काको निधनपछि उनी पक्षधर नेताहरु सभापति शेरबहादुर देउवा गुटमा कि वरिष्ठ नेता रामचन्द्र पौडेल गुटमा जाने वा छुट्टै टिम बनाएर एकीकृत हुने भन्ने बारेमा गोप्य छलफल भइरहेको बताइएको छ।

    यो टिमका अधिकांश नेताहरु सधापति देउवाको टिमलाई सहयोग गरिरहेका छन्।

    खड्काको निधनपछि उनले सम्हालेको टिमको नेतृत्व पूर्णबहादुर खड्काले गर्ने चर्चा पनि चलेको छ।

    पूर्णबहादुर खड्का पछि यो टिम सम्हाल्ने सम्भावना नेता मोहनबहादुर बस्नेत र शंकर भण्डारीको रहेको बताइन्छ।

    खड्काको निधनपछि भण्डारी पौडेल गुटमै रहने अनुमान पनि गरिएको छ। 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…