• काठमाडौं, २४ चैत । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कांग्रेसलाई आगामी पाँच वर्षभित्र पहिलो पार्टी बनाइछाड्ने दाबी गरेका छन् । कांग्रेस सभापतिसमेत रहेका देउवाले राजधानीमा शुक्रबार नेपाल सार्वजनिक सेवा कर्मचारी संघको छैटौं राष्ट्रिय महाधिवेशन उद्घाटन गर्दै पाँच वर्षभित्र कांग्रेस नै पहिलो पार्टी बन्ने दाबी गरेका हुन् । राजधानी दैनिकले समाचार छापेको छ ।

    ‘दुई वाम पार्टी मिलेकाले कांग्रेसले हा-यो, अब कुनै दल मिल्दा पनि हराउन सक्दैन, हामी त्यसरी नै काम गरेर देखाउँछौं,’ उनले भने, ‘आगामी पाँच वर्षभित्र कांग्रेस नै पहिलो पार्टी हुन्छ, कांग्रेसलाई पहिलो स्थानमै पु¥याइन्छ ।’

    सरकारद्वारा संसद्मार्फत जारी श्वेतपत्रमा ‘कपोलकल्पित’ र ‘भ्रामक तथ्य’ रहेको औंल्याउ“दै देउवाले सरकारले ‘सफेद झुट देखाएको’ आरोपसमेत लगाए । ‘कांग्रेसका कारण अर्थतन्त्र धराशयी भयो भन्नु आफैंमा कपोलकल्पित छ,’ उनले भने, ‘२०६२/०६३ को जन आन्दोलनपछिको समय सरकारमा वाम शक्ति नै बढी रहेकाले उनीहरूले नै अर्थतन्त्र धराशयी बनाएका हुन् ।’

    श्वेतपत्रले पछिल्लो दुई वर्षदेखि अर्थतन्त्रका सूचक सकरात्मक हु“दै गएको अवस्थामा स्वदेशी तथा विदेशी लगानी कर्तालाई निरुत्साहित गरेको उनले बताए । देशलाई अधिनायकवादतर्फ धकेल्न खोज्ने सरकारको नियत देखि“दै आएकाले लोकतन्त्र संस्थागत विकास गर्न कांग्रेस जस्तोसुकै चुनौती सामना गर्न पनि तयार रहने उनले सुनाए ।

    कांग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइरालाले कांग्रेस नेतृत्वमा बनेका सरकारले गरेका विकास कार्य जनतासामु लान नसक्दा पार्टीले हार व्यहोर्नुपरेको बताए । अब नयाँ गतिबाट पार्टीलाई अघि बढाउनुपर्नेमा जोड दि“दै उनले सबैको ध्यान पार्टी बलियो बनाउन केन्द्रित हुनुपर्ने उल्लेख गरे ।

    नेपाल ट्रेड युनियन कांग्रेस सभापति खिलानाथ दाहालले श्रम आयोग गठन र श्रम बिनियमावली ल्याउन माग गरे ।सम्मेलनमा संघ पूर्वअध्यक्षहरू गोपाल पाण्डे, मित्रकुमार राई र शिशिरकुमार झालाई सम्मानगरिएको थियो ।

    यसैबीच, कांग्रेस नेता प्रकाशमान सिंहले कांग्रेसले देशको अर्थतन्त्र  बिगारेको भन्नु गलत भएको बताएका छन् ।नेपाल वित्तीय संस्था कर्मचारी संघको आठौं राष्ट्रिय महाधिवेशनलाई शुक्रबार सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका सिंहले कांग्रेसले अर्थतन्त्र नबिगारेको दाबी गरेका हुन् ।

    कांग्रेसले सोच र कार्य शैली परिवर्तन गर्नसके आउने निर्वाचनमा नेतृत्वमा आउन ‘कसैले छेक्न नसक्ने’ दाबीसमेत गरे । संविधान निर्माणदेखि कार्यान्वयन अवस्थासम्ममा कांग्रेसले नै अग्रणी भूमिका निर्वाह गरेको बताउ“दै सिंहले तीनै तह निर्वाचन छोटो समय गर्नुमा समेत कांग्रेसको सफलता रहेको जिकिर गरे ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…