• विराटनगर,२४ चैत / मोरङ जिल्ला कारागारबाट चौकीदार अभिषेक गिरीलाई सरुवा गरिएको भन्दै कैदीबन्दी आन्दोलित भएका छन् ।

    गिरीलाई कारागार प्रशासनले शुक्रबार विराटनगरबाट अन्यत्र सार्न लागेसँगै कारागारका कैदीबन्दीले नाराबाजी गर्दै त्यसको विरोध गरेका हुन् । तर, कारागार प्रशासनले भने गिरीलाई सरुवा गरिएको खुलाउन चाहेन ।

    अपरान्हसम्म कारागारको छत र छानामा उक्लिएर कैदीबन्दीले नाराबाजी गर्न थालेपछ जेल परिसरभित्र र बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको थियो ।

    विराटनगरको हाटखोलास्थित कारागारका कैदीबैन्दीले चर्को स्वरमा गिरी सरुवाको विरोध गर्दै नारावाजी गर्न थालेपछि सडकमा रमिता हेर्नेको भीड लागेको थियो । भीडका कारण सडकमा आउजाउ गर्न समस्या भई ट्राफिक जाम भएको थियो ।

    मोरङ कारागारका जेलर शंकर पौडेलले आफू भर्खरै सरुवा भई विराटनगर आएको र जेलको आन्दोलन तथा चौकीदार गिरीको सरुवाको विषयमा जानकारी नभएको बताए । ‘मलाई यस विषयमा थाहा छैन’, उनले भने । गिरीलाई काठमाडौ सारिएको भनिएपनि पौडेलले यसको पुष्टि गरेनन् ।

    प्रहरीले शुक्रबार अपरान्ह ३ बजे ठुलो सुरक्षासहित रातो रंगको कारमा राखेर गिरीलाई जेलबाट बाहिर निकालेको थियो । अवैध सम्पति आर्जन र असुलीलगायत मुद्दामा उनी कारागार चलान भएका हुन ।

    जेलमा बसेर पनि आर्थिक कारोबार गरेको र जेलभित्रै कमाई गरेको भन्ने मिथ्या आरोप लगाएर उनलाई जेलबाट सारिएको गिरीकी कान्छी दिदी रिना गिरी दाहालले बताइन ।

    ‘हामीले भाइको ज्यानको सुरक्षा गरीपाऊँ भन्ने व्यहोराको निवेदन जिल्ला प्रशासन कार्यालयमा दर्तासमेत गराई कारागार प्रशासनलाई जानकारी गराएका छौँ’, उनले भनिन् । उनले भाइलाई अझै फसाउन खोजिएको आरोप पनि लगाइन् । यो समाचार अन्नपूर्ण पोस्टमा कुमार लुइटेले लेखेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…