• काठमाण्डौ  २४ चैत  । अरुलाई झुठो मुद्दा लगाउन र गैरकानुनी थुनामा राख्न हुदैन भन्दै प्रतिरक्षा गर्नुपर्ने संबैधानिक निकायले  झुठो मुद्दा लगाएर मर्यादा बिपरित कार्य गरेको   दुई  अधिकारकर्मीले आरोप  लगाएका छन । 
    पुर्वाञ्चल मानव अधिकार रक्षक संञ्जालका सल्लाहकार तथा राष्ट्रिय मानव अधिकार आयोगका पुर्व अधिकृत कोषराज न्यौपाने र मानव अधिकार रक्षक भुवन नाथले  आफुहरुलाई आयोगले साईबर क्राइममा  झुठा मुद्दा लगाएर मर्यादा बिपरित कार्य   गरेको आरोप लगाएका हुन । 
    उनिहरुका अनुसार  असक्षमता, आयोग भित्रको भ्रष्टाचार र आर्थिक नोक्सानी, अनियमीतता, समाज विभाजन गर्ने तथा सामाजिक सद्भाव खलबल्याउन आयोगका केही पदाधिकारीबाट भएका कार्यहरु र आयोगभित्रै भएका विभेद, अन्याय र विकृतिका विरुद्ध  समाजिक संञ्जाल मार्फत तथ्य प्रमाण सहित आवाज उठाउँदा आयोगले साइबर क्राइम अन्र्तगत झुठा मुद्दा लगाएको हो  । 
    आयोग केन्द्रिय कार्यालयले महानगरिय प्रहरी अपराध महाशाखा मार्फत कोषराज न्यौपाने र अभियानकर्मी भुवन नाथ बिरद्ध सचिव बेदप्रसाद भट्टराईलाई जाहेरबाला बनाएर साइबर क्राइम आरोपमा झुठा मुद्दा दर्ता गराउन लगाएको हो । नयाँपत्रिकाको सम्पर्कमा आएका  न्यौपाने र नाथले भने ,— हाम्रो न्यायको आवाजलाई दवाउन आयोगले निरन्तर प्रेसर गरेर प्रहरीलाई साइबर क्राइममा मुद्दा दर्ता गराउन लगाएको हो यो आयोगको उद्देश्य बिपरितको कार्य हो ।,  


    आयोगका सचिव बेदप्रसाद भट्टराईले आयोग र पदाधिकारीबारे सोसल मिडियामा चरित्र हत्या गर्ने गरि सामग्री प्रकाशन गरेकोले न्यौपाने र नाथ बिरुद्ध साइबर क्राइम दर्ता गराउनु परेको बताए ।  भने , ‘एक हप्ता अघि मुद्दा दर्ता गराएका हौ प्रहरीले अनुसन्धान गर्दै होला ।, 
    आयोगका अध्यक्ष अनूपराज शर्मा, सदस्य मोहना अन्सारी, सचिव वेद भट्टराई समेतले म विरुद्ध झुठा आरोप लगाई मेरो मर्यादामाथि अतिक्रमण गर्ने काम भएको र बिरोधमा आवाज उठाउँदा प्रहार भएकोले आयोगबाट राजिनामा दिन बाध्य भएका थिए । त्यसपछि न्यौपानेले निरन्तर आयोग र तीनका पदाधिकारीहरुबारे  निरन्तर समाजिक संजालमा भण्डाफोर गर्दै आएका थिए । उनलाई अधिकारकर्मीहरु भुवन नाथ लगायत पनि साथ दिँदै आएका थिए । 
    सामाजिक संजालमा आयोग र पदाधिकारीहरुबारे जथाभावी लेखेर चरित्र हत्या गरेकोले साइबर क्राइम अन्र्तगत कार्बाही माग गर्दै तीन दिन पहिले आयोगका सचिव जाहेरबाला बनेर महानगरिय अपराध महाशाखामा साइबर क्राइममा उजुरी दर्ता गराएको छन ।  
    न्यौपाने र नाथले चाँही  अधिकारकमीहरुले शान्तिपूर्ण रुपमा विरोध प्रदर्शन गर्न पाउने र कानूनी दायरामा रही विचार संप्रेषण गर्ने मौलिक हकको उपभोग गरी राष्ट्रिय÷अन्तर्राष्ट्रिय समुदायलाई यथार्थ तथ्यहरु जानकारी गराएको तर साइबर क्राइम हुनेगरि कुनै अपराध नगरेकोले झुठो मुद्दा फिर्ता लिन आयोगलाई आग्रह गरेका छन । विचार र अभिव्यक्तिको स्वतन्त्रताको रक्षा गर्नुपर्ने,  स्वेच्छाचारी पक्राउ तथा थुनामा राख्ने कार्य विरुद्ध काम गर्नुपर्ने मानव अधिकार आयोगका पदाधिकारीले शान्तिपूर्ण रुपमा विचार र अभिव्यक्तिको स्वतन्त्रताको उपभोग गरिरहेका रक्षकहरुलाई नै झुठो मुद्दा लगाउनु मानव अधिकार सिद्धान्त, कानून र पदीय आचरणको घोर उल्लंघन  भएको बताएका छन । गरेका छन् । न्यौपाने र नाथ भन्छन ,   — लोकतान्त्रिक अधिकारको रक्षक बन्नुपर्ने आयोग भक्षक भएको छ सबै एक हुनुपर्ने बेला आएको छ । ‘
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…