• झापा । मेचीनगर लेडी जेसीजको आयोजनामा जारी ५ दिने क्षमता अभिबृद्धि तथा उद्घोषण तालिम शनिवार सम्पन्न भएको छ । 
    मेचीनगर १० वडा समितिको सहयोगमा मेचीनगर क्षेत्रका सामुदायिक विद्यालयमा रहेका बाल क्लबका विद्यार्थीहरुलाई लक्षित गरि तालिमको आयोजना गरिएको थियो । जसमा १४ वटा विद्यालयका २८ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो । 
    शनिवार आयोजित समापन समारोहमा विद्यार्थीहरुले आफुले ५ दिनसम्म सिकेका कुराहरुलाई प्रयोगतात्मक रुपमा प्रस्तुत गरेका थिए । उनीहरुले कार्यक्रमको संरचना नै तयार गरेर विभिन्न प्रस्तुतीहरु देखाएका थिए । 
    कार्यक्रमका मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले विद्यार्थीहरुले तालिममा सिकेका कुरालाई विद्यालयमा तथा आफ्नो जीवनमा लागु गर्न सुझाव दिए । विद्यार्थीहरुले देखाएको प्रस्तुतीप्रति खुसी हुँदै निरन्तर अभ्यास गर्दै सफल व्यक्ति बन्न विद्यार्थीहरुलाई आग्रह गरे । साथै आगामी दिना समेत यस किसिमका कार्यक्रमहरुका लागि नगरपालिकाले सहयोग गर्दै जाने बताए । 
    उपमेयर मिना उप्रेतीले विद्यार्थीहरुको प्रस्तुती देखेर खुसी हुँदै तालिमबाट सफल कार्यक्रम प्रस्तोता उत्पादन भएको बताइन् । उनले विद्यार्थीहरुको अघि आफु नै पो बोल्नमा पछि पर्न सक्ने सम्भावना भएको समेत बताइन् । आगामी दिनमा नगरमा रहेका सबै बाल क्लबका विद्यार्थीहरुलाई यस प्रकारका कार्यक्रमा सहभागि गराउँदै उनीहरुको व्यक्तित्व विकास गराउन नगरपालिका लाग्ने बताइन्् । 
    वडा नम्बर १० का वडा अध्यक्ष सुदय पनेरुले तालिमबाट सिकेका कुरालाई व्यवहारमा लागु गर्न आग्रह गरे । उनले आगामी दिनमा समेत यस किसिमका कार्यक्रमहरुलाई निरन्तरता दिने बताए । 
    आयोजक संस्थाकी अध्यक्ष सुनिता पनेरुको सभापतित्वमा सम्पन्न कार्यक्रममा धुलावारी जेसीज पूर्व अध्यक्ष समाजका अध्यक्ष पुनित बंशल, धुलावारी जेसीजका कार्यकारीणी उपाध्यक्ष डिल्लीराम भण्डारी, प्रशिक्षक भुवन राउत, लेडी जेसीजकी आजीवन सदस्य सीता गुरुङ, संस्थापक अध्यक्ष कविता शर्मा, सहभागि विद्यार्थी मध्यिका उप्रेतीलगायतले बोलेका थिए । कार्यक्रममा शिशु साक्षर निमाविकी प्रधानाध्यापक एसोधा सुब्बा, जेसीजकी निवर्तमान अध्यक्ष शोभा श्रेष्ठ, पूर्व अध्यक्ष उषा श्रेष्ठ लगायतको सहभागिता रहेको थियो । कार्यक्रम संयोजक सविता पोखरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव तुलसा दंगाल र सीता पुरीले गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…