• देबु बानियाँ  । तनहुँ (बेलचौतारा)  । बानियाँ बन्धु समाजको केन्द्रीय अध्यक्षमा पुनः केशरबहादुर बानियाँ निर्वाचित भएका छन् । 
    तनहुँको शुक्लगण्डगी नगरपालिकास्थित बेलचौतारामा भएको समाजको १२ औँ महाधिवेशनबाट आगामी ३ वर्षे कार्यकालका लागि उनलाई अध्यक्षमा सर्वसम्मत चयन गरिएको हो । 
    समाजको उपाध्यक्षमा ओमनाथ बानियाँ (झापा), होमबहादुर बानियाँ (कास्की), केशव बानियाँ (काठमाडौँ), महासचिवमा शिव शंकर बानियाँ (तनहुँ), सचिवमा सीता बानियाँ, सहसचिवमा दुर्गा बानियाँ र कोषाध्यक्षमा कपिलबहादुर बानियाँ निर्वाचित भएका छन् । 
    यसैगरी, सदस्यहरुमा कृष्ण बानियाँ, भगिरथा बानियाँ, शेरबहादुर बानियाँ, मनोज बानियाँ, चन्द्रप्रसाद बानियाँ, भगिरथ बानियाँ, शिव बानियाँ, दीपक बानियाँ, यामबहादुर बानियाँ, प्रेम बानियाँ, श्याम बहादुर बानियाँ, दुर्गा बानियाँ, हिमालयजंग बानियाँ, लक्ष्मण बानियाँ, दिपेन्द्र बानियाँ र अमृत बानियाँ चयन भएका छन् । 
    दुई दिनसम्म चलेको महाधिवेशनमा समाजभित्र रहेर विभिन्न क्षेत्रा उत्कृष्टता हासिल गर्ने दर्जनलाई सम्मान गरिएको थियो । मुगुबाट निर्वाचित भएका प्रतिनिधि सभाका सांसद कृष्ण बानियाँ, मकवानपुरबाट निर्वाचित इन्द्र बानियाँ र झापाबाट निर्वाचित प्रदेश सांसद वसन्त बानियाँ रहेका छन् । यसैगरी, साहित्यका, डाक्टर, स्थानीय प्रतिनिधिमा निर्वाचित हुने जनप्रतिनिधिलगायतलाई सम्मान गरिएको थियो । देशभरका ५ सय भन्दा धेरै बानियाँहरु तनहुँमा भेला भएका थिए । कार्यक्रमको संयोजन नतहुँ बन्धु समाजले गरेको तनहुँका कामेलबहादुर बानियाँले बताए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…