• देबु बानियाँ
    बुद्धशान्ति । प्रथम बुद्धशान्ति च्यालेन्ज कप नकआउट फुटबल प्रतियोगिताको उपाधी सैनिक युथ क्लब सैनीकले जितेको छ । बुधवारे जेसीज र होक्से युवा क्लबको संयुक्त आयोजनामा बुद्धशान्ति–१ होक्सेको त्रिभुवन माविको खेल मैदानमा शनिवार भएको फाइनल खेलमा आयोजक होक्से युवा क्लबलाई १÷० गोल अन्तरले हराउँदै सैनिकले उपाधी माथी कब्जा जमाएको हो ।
    सैनिकका लागि जर्सी नम्बर ६ का राजकुमार कन्दङवाले दोस्रो हाफमा गरेको गोल नै निर्णायक बनेको थियो । उपाधिसंगै सैनिकले नगद ५० हजार रुपैयाँ, ट्रफि, प्रमाण–पत्र प्राप्त गरेको छ भने उप–बिजेता बनेको आयोजक होक्से युवा क्लबले ३० हजार रुपैयाँमा चित्त बुझाएको छ । खेलको म्यान अफ द म्याच बिजयी टोलीका राजकुमार कन्दङवा घोषित भए ।

    विजेता खेलाडीहरुलाई कायत्र्रmमका प्रमुख अतिथि जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले, नेपाल जेसीजका राष्ट्रिय कार्यकारीणी उपाध्यक्ष अजय शंकर, नेपाल जेसीजकी राष्ट्रिय उपाध्यक्ष रश्मि निरौला, बुद्धशान्ति गाउँ पालिका वडा नम्बर १ का अध्यक्ष भीमकुमार नेवार, बुधवारे जेसीजका अध्यक्ष प्रकाश भण्डारी, क्लबका अध्यक्ष बालकुमार राईलगायतले पुरस्कार वितरण गरेका थिए । सोही अवसर पारेर आयोजकले पूर्व राष्ट्रिय खेलाडी पहलान बराल र सन्तोष थापालाई सम्मान गरेको थियो । बुधवारेमा जन्मेर खेलकुद विकासमा पुर्याएको योगदानको कदर गर्दै उनीहरुलाई सम्मान गरिएको हो । प्रतियोगिता झापा र इलाममा गरि आठ वटा टोलीले सहभागिता जनाएको आयोजक समिति मोहन तिम्सिनाले जानकारी दिए ।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…