• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भएको भेटवार्तापछि  नेपाल–भारत १२ बुँदे संयुक्त वक्तव्य जारी भएको छ ।

    संयुक्त वक्तव्यमा ओली–मोदीबीच दुई देशबीचको सरकारी, नीजि क्षेत्र र जनस्तरको सम्बन्धका विषयमा छलफल भएको उल्लेख छ ।

    नेपाल भारतबीचको सम्बन्धमा नयाँपन दिन तथा ऐतिहासिक र सांस्कृतिक निकटलाई थप घनिष्ट बनाउन नियमित रुपमा उच्चस्तरीय राजनीतिक  भेट तथा सन्देश आदानप्रदानलाई निरन्तरता दिन दुई देशका प्रधानमन्त्री सहमत भएको कुरा पनि लेखिएको छ ।

    वक्तव्यमा, भारतले व्यवहारमा ल्याएको ‘सवका साथ  सवका विकास’ अवधारणा नेपालको विकास र समृद्धिको लागि मार्गदर्शक बन्न सक्ने मोदीले विश्वास लिएको र ओलीले पनि आर्थिक विकासका लागि आफ्नो  सरकारले पनि ‘समृद्ध नेपाल सुखी नेपाल’ को नारा अबलम्बन गरेको बताएको संयुक्त वक्तब्यमा उल्लेख छ ।

    यस्तै, भारतीय प्रधानमन्त्री मोदीले सफलतापूर्वक स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन सम्पन्न गरेकोमा बधाई दिँदै अब नेपाल सरकारको भिजनअनुसार नेपाल स्थायित्व र विकसको दिशामा अग्रसर हुने विश्वास लिएको पनि वक्तव्यमा भनिएको छ । दुबै प्रधानमन्त्रीले वीरगन्जस्थित एकीकृत चेकपोस्टको उद्घाटन गर्नुका साथै मोतिहारी–अमलेखजन्ज क्रसबोर्डर पेट्रोलियम पाइपलाइनको उद्घाटन भएको पनि संयुक्त वक्तव्यमा उल्लेख छ ।

    कृषिमा दुई पक्षीय सहयोग आदान–प्रदान, रक्सौल–काठमाडौं रेलमार्ग निर्माण र अन्तरदेशीय जलमार्गका सम्बन्धमा पनि दुई देशबीच महत्वपूर्ण समझदारी भएको छ । वक्तव्यमा प्रधानमन्त्री ओलीले भारतमा उच्चमा सम्मान पाएकोमा मोदीलाई धन्यवाद दिँदै उपयुक्त समयमा मोदीलाई नेपालको भ्रमणका लागि निम्तो दिएको उल्लेख छ ।

    जवाफमा मोदीले ओलीको निमन्त्रणा निम्तो स्वीकार गरेर कुटनीतिक तहबाटै भ्रमणको मिति तय गर्ने भनेको वक्तव्यमा उल्लेख छ । दुबै प्रधानमन्त्री नेपाल–भारतबीच भएका सम्झौताहरुको सीघ्र कार्यान्वयमा पनि सहमति भएका छन्  । शुक्रबार भारतको राजकीय भ्रमणमा निस्केका प्रधानमन्त्री ओली आइतबार स्वदेश फर्कने कार्यक्रम छ ।
    संयुक्त वक्तव्य

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…