•  २०७४ चैत्र २५ आइतवार

    काठमाडौं। नेपाली प्रजातान्त्रिक ईन्जिनियर्सहरुको छाता संगठन सेन्टर फर डेमोक्रयाटिक ईन्जिनियर्स नेपाल, सिडेनको पाँचौ कार्यकारिणी समितीको निर्वाचनमा शंकर प्रसाद पण्डित निर्वाचित भएका छन्।

    पण्डितले नेपाल विद्युत प्राधिकरणका पूर्व कार्यकारी निर्देशक समेत रहेका मुकेश काफ्लेलाई हराएका हुन्। काफ्ले कुलमान घिसिङ भन्दा अगाडीका कार्यकारी निर्देशक थिए। पछिल्लो समयमा लोडसेडीङका बारेका समाचारहरुले उनलाई बिवादमा तानेको थियो।

    पण्डितले ५४४ मत प्राप्त गर्दा काफ्लेले ३८९ मत ल्याएका हुन्।

    पण्डितलाई जिताउन व्यवसायिक इन्जिनियरहरु खुलेर लागेका थिए। काफ्लेलाई नेपाली काँग्रेसका सभापति शेर बहादुर देउवा तथा उनी निकटहरुको समर्थन रहेको बताइएको थियो। पण्डित तथा उनको समुहलाई काँग्रेसका नेताहरु गगन थापा, प्रदिप पौडेल सहितको समर्थन रहेको थियो। साथमा रामचन्द्र पौडेल निकट नेताहरु पनि पण्डितका पक्षमा लागेका थिए। कतिपय देउवा निकट इन्जिनियरहरु पनि पण्डितलाई जिताउन लागिपरेका थिए। 

    काफ्लेको पक्षमा माहौल बनाउन देउवा निकट कैयन इन्जिनियरहरु ज्वागल ललितपुरमा खटिएका थिए।शनिवार भएको मतदानबाट अध्यक्ष सहित सिडेनको नयाँ नेतृत्वको चयन भएको हो। उपाध्यक्षमा पण्डित समुहकै लक्ष्मण केसीले ५३२ मत ल्याइ निर्वाचित भएका छन् भने काफ्ले समुहका मिथिलेस कुमार झाले ३२४ मत ल्याएका छन्।

    महासचिव पदमा पण्डित समुहकै बिनोद प्रकाश पण्डित ५३१ मत ल्याइ निर्वाचित भएका छन् भने काफ्ले समुहका गोरखराज जोशीले ३९४ मत ल्याइ निर्वाचित भएका छन्।

    उपमहासचिव पदमा पण्डित समुहका भुपेन्द्र श्रेष्ठ ५१६ मत ल्याइ निर्वाचित हुँदा काफ्ले समुहका भोजराज तिवारीले ४०१ मत ल्याएका छन्। कोषाध्यक्ष पनि पण्डित समुहकै संजय पाण्डे ५७० मत ल्याइ निर्वाचित हुँदा काफ्ले समुहका रुप बहादुर रावलले ३४४ मत ल्याएका छन्। 

    कुल १५ सदस्यीय कार्य समितीमा पाँच पदाधिकारी र नौ सदस्य पण्डित समुहले जितेको छ। एक केन्द्रीय सदस्य मात्र काफ्ले समुहले जीतेको छ। कार्यसमितिका सदस्यहरुमा सरोज राई, सन्तोष कुँवर, अशोक अर्याल, सन्तोष बहादुर क्षेत्री, भिषण भुजेल, सञ्जयराज अधिकारी, मदन पुरी, कुञ्जन अमात्य, मनिष कर्ण पण्डित समुहबाट निर्वाचित भएका छन्। काफ्ले समुहबाट एक मात्र केन्द्रीय सदस्य विकास पोख्रेल निर्वाचित भएका छन्।  

    अध्यक्ष पदमा निर्वाचित भएपछि पण्डितले ईन्जिनियर पेशालाई ब्यवसायीक, ब्यवहारीक र मर्यादित बनाउनकालागि काम गर्ने बताएका छन्। पण्डित स्थानीय पुर्वाधार बिकास तथा कृषी सडक बिभाग डोलीडारमा बिगत २२ बर्ष देखि कार्यरत छन्। हाल उनी डोलिडार अन्तर्गतको राष्ट्रिय ग्रामिण यातायात सुधृढिकरण कार्यक्रमको परियोजना संयोजकका रुपमा कार्यरत रहेका छन्।  

    विभिन्न पेशामा छरिएर रहेका लोकतान्त्रिक ईन्जिनियरहरुलाई गोलबद्द गरि लोकतन्त्रलाई प्रविधी र बिकास मार्फत दिगो र बलियो बनाउने कार्यमा सिडेन लागिरहेको र लागिरहने कामलाई प्राथमिकतामा राख्न नयाँ कार्यसमितिले ध्यान दिने विश्वास पुर्व महासचिव कमल कार्कीले व्यक्त गरे।

    देश संघियतामा प्रवेश गरेको नयाँ परिस्थितीमा ब्यवस्थित र ब्यवसायीक रुपमा ईन्जिनियर्सहरुको सहभागीता गराउँदै देशको समग्र बिकासमा सहयोग गर्न सिडेन अझै प्रतिबद्ध भएर लाग्ने कार्कीले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…