• हरि कोइराला
    उर्लाबारी÷दुई कट्ठा करेसावारीमा तरकारी खेती गरेर वार्षिक २ लाख कमाई । सुन्दा धेरैका लागि एकादेशको कथा जस्तै लाग्न सक्छ । तर, मोरङको उर्लाबारी –२ सानो सनपकुवाका ५५ वर्षीय गोपाल डाँगी आफ्नो झण्डै २ कठ्ठा करेसावारीमा ६ वर्षयता वार्षिक सरदर दुई लाख रुपियाँ कमाइ गरिरहनु भएको छ ।
    जग्गाको नाममा उहाँसँग त्यही दुई कट्ठा हो । त्यही जग्गामा सानो घर र गोठ पनि छ । उहाँ प्राय सागको खेती गर्नुहुन्छ । आफै खेती गर्ने र आफैं घरदैलो गरेर बेच्ने भएकोले उहाँलाई कुनै ब्यापारिक सेण्डिकेटको समस्या छैन । भन्नुहुन्छ–म आफ्नो उत्पादनको मुल्य आफंै तोक्छु । अहिले बारीमा उहाँले लट्टेसाग लगाउनु भएको छ ।उहाँ बेलुकापख साग उखेलेर हरेक बिहान दैनिक घरदैलो पु¥याउनु हुन्छ । ‘दैनिक १ सय मुठा बजार पु¥याउँदा १० बजे सम्ममा बेचेर घर आइपुग्छु’–डाँगीले भन्नुभयो । प्रति मुठा २५ रुपियाँका दरले बिक्री गर्दै आउनु भएका डाँगीको बारीमा अहिले लट्टेसाग र फर्सी छ । केही समय पछि पाटाको साग निस्कने उहाँले बताउनु भयो ।
    लट्टे निकालेपछि टनेलमा बैमौसमी रायो साग लगाउने उहाँले सुनाउनु भयो । आफ्नै गोठको गोबर मल मात्र प्रयोग गर्ने डाँगी रायोको सागबाट मात्र एक पटकमा ४० हजार रुपियाँ आम्दानी हुने बताउनु हुन्छ । दुई माउ गाई र ५÷७ वटा बाख्रापाठाको मल सबै तरकारी खेती मै प्रयोग गर्छु । बेमौसमी बालीमा किरा नियन्त्रण गर्न बेला–बेला जैविक औषधि प्रयोग गर्ने उहाँको भनाई छ ।
    घिरौला, भिन्डी, साग,करेला मात्र होइन।उहाँले गत वर्ष ७ केजी लट्टेको बीउ पनि उत्पादन गर्नुभयो । स्थानीय बजारमा प्रति केजी ७ सयका दरले बिक्री गरेको बताउँदै उहाँले भन्नुभयो–‘तीव्र शहरीकरण भइरहेको उर्लाबारी बजार नजिकै भएकोले उत्पादन भएको तरकारी बेच्नका लागि ग्राहकको अभाव छैन। जे तरकारी निकाले पनि बिक्री हुन्छ । डाँगीले गत वर्ष ६ सय केजी फर्सी प्रति केजी ४० रुपियाँका दरले बिक्री गरेको सुनाउनु भयो ।
    सरकारले सिंचाईको ब्यवस्था मिलाई दिए, अझै उत्पादन बढाउन सक्ने उहाँको भनाई छ । उर्लाबारी नगरपालिकाको कृषि शाखाकी प्राविधिक नेलशन पोख्रेलले भन्नुभयो–‘उहाँले करेसाबारीबाट राम्रो आम्दानी लिएको देखेर हामीले उहाँकै आँगनमा नगरपालिकाको तरकारी खेती सम्बन्धी तालिम चलाएका हौं ।डाँगी स्थानीय वागेश्वरी कृषक समूहको अध्यक्ष समेत हुनुहुन्छ । समूहमा २१ जना सदस्य छन् । तरकारी खेतीबाट राम्रो कमाई गरेको देखेपछि अहिले सानो सनपकुवाका अधिकांश किसानले डाँगीको किसानी लयलाई पछ्याउन थालेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…