• विर्तामोड । नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले काङग्रेसको चेतनाको भार तरुण भएको बताएका छन् । 
    नेपाल तरुण दल प्रदेश नम्बर –१ स्तरिय तरुण प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै सिटौलाले राम्रो कामलाई निरन्तरता र कमजोरीलाई सच्याएर जान सक्ने नीति तरुण दलले बनाउनु पर्नेमा जोड दिए । उनले समयको परिवर्तित व्यवस्थालाई हाक्नका लागि तरुण परिवर्तित हुनु पर्ने उनको तर्क छ । उनले आफ्नो इच्छा शक्तिको प्रयोग गर्न सके तरुण नै देशको मुख्य शक्ति भएको दावी गरे ।
    कार्यक्रममा बोल्दै नेपाली कांग्रेस केन्द्रीय सदस्य मिनेन्द्र रिजालले काङ्ग्रेसलाई कसरी बिउँझाउने, त्यो अवसर तरुण दललाई प्राप्त भएको बताए । काङ्ग्रेस आफू भित्र मात्र बलियो नभएर पार्टीगत्  रुसमा पनि सक्षम हुनुपर्ने तर्क रिजालले राखे । काङ्ग्रेस केन्द्रीय सदस्य महेन्द्रकुमार यादवले तरुण आफूले सुरक्षा माग्ने नभएर पार्टीलाई सुरक्षा दिन सक्ने हुनु पर्ने बताए । कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य मिन विश्वकर्माले पार्टीको भातृ संगठनको मजभुत आधार तरुण दल भएको बताए । कांग्रेसले राष्ट्रिय मुद्धालाई जनता बिच पु¥याउन नसक्नु नै कांग्रेस भित्रको कमजोरी भएको जनाए । कांग्रेस नेता केशवकुमार बुढाथोकीले  अबका दिनमा सात दशक अघि देखिका नेताबाट  कामको अपेक्षा नगरि आफैँ  तरुण लागि पर्नु पर्ने बताए । कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे, गुरुराज घिमिरे, लक्ष्मी परियार, सरिता प्रसाईं, कांग्रेस नेता उदय शंशेर राण, कांग्रेस झापा सभापति उद्धव थापा, नेविसंघ केन्द्रीय उपाध्यक्ष विकास केशी, महिला संघ झापा अध्यक्ष शुशिला ढकाल लगायतले बोलेका थिए ।
    तरुण दल केन्द्रीय अध्यक्ष जीतजंग बस्नेतको अध्यक्षतामा भएको कार्यक्रमको स्वागत तरुण दल झापा अध्यक्ष गोपाल तामाङ्ले गरेका थिए ।  प्रशिक्षण कार्यक्रमको प्रमुख प्रशिक्षक उत्तर चापागाईँ रहेका छन् भने अन्य प्रशिक्षकमा नेता मिनेन्द्र रिजाल र तरुण दल पूर्व केन्द्रीय अध्यक्ष विनोद कायस्थ रहेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…