• विराटनगर । विराटनगर १४ जतुवामा हिन्दू धर्मका गुरु श्रीनिवासाचार्यमाथि गोली प्रहार भएपछि धेरैले धेरै कुरा गरे । कसैले हिन्दू धर्ममाथि आक्रमण भयो भने त कतिले राजधानीको लागि प्रस्तावित नगर असुरक्षित भयोसमेत भने ।

    रातको समयमा स्थानिय रामजानकी मन्दिरको चर्पी अगाडी श्री निवासाचार्यलाई गोली हानियो । राती उनी चिच्याएपछि मात्र अरुले थाहा पाए । कसले र किन गोली हान्यो, कसैलाई थाहा छैन ।

    उनको दायाँ छातीको कुम मुनिको भाग छेडेर गोली पार भएको थियो । गोली लागेलगत्तै उनलाई विराटनगरस्थित न्यूरो अस्पताल लगिएको थियो । त्यहाँ उनको उपचार भइरहेको छ । डाक्टरले उनको अवस्था खतरामुक्त रहेको जानकारी दिएको छ ।

    हिन्दु धर्म गुरु आचार्य श्रीनिवासमाथि कसले गोली हान्यो, एकीन भएको छैन । तर, घटनास्थलमा ‘मंगोल नेशनल अर्गनाइजेशन आर्मी’ नामक भूमिगत समूहको पर्चा भेटिएको छ । पर्चासँगै चेतावनीमुलक सामाग्रीसमेत भेटिएको छ । जसमा हिन्दू धर्मलाई लिएर चेतावनी दिइएको छ । पर्चामा ‘पवित्र धर्महरुलाई पाखण्ड भनेर आलोचना गरिएको’ उल्लेख छ ।

    पर्चामा लेखिएको छ, ‘धर्मको नाममा पाखण्ड गर्ने, पवित्र धर्महरुलाई विदेशी धर्म भनेर बाइबल च्यात्ने, आदिवासी मंगोललाई गाली दिने, धर्म निरपेक्ष राष्ट्रमा नचाइदो हिन्दू राष्ट्रको कुरा गरेर मानिसलाई बेकुप बनाउने मरिसकेको राजसंस्था र राजा चाहिन्छ भन्ने यस्ता पागल जंगीहरुलाई … सन्त पण्डित भन्ने भारतीय दलालहरुको यस्तै गरी ठेगान लाग्नेछ ।’

    नेपालमा जातीय राजनीति सुरु भएपछि मंगोल समुदायले समेत जातीय राजनीति माग गर्ने गरेको थियो । मंगोल समुहले दशैंलाई कालो दिन भन्दै कालो टिका लगाएर मोरंगमा ¥यालीसमेत निकालेको थियो । मंगोलहरुको वकालत गरेको पर्चा भेटिएपनि गोली प्रहार घटना शंकास्पद छ ।

    आइतबारदेखि एक साताका लागी उक्त स्थानमा श्रीमदभागवत महापुराण सप्ताह गर्न लागिएको थियो । स्थानियबासी अघिल्लो दिनदेखि नै सबै तयारीमा जुटिरहेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…