• बेलवारी । बेलबारी १० मा रहेको एक सामुदायिक बनले भने स्थानिय तहको चुनावका झल्को मेटाएको छ ।सृजना सामुदायिक बनको चुनावले बेलबारीमा भएको मेयरको चुनाव जस्तै झल्को मेटाएको छ । पादाधिकारी देखी सदस्य सम्मनै दलिय भागबन्डाका आधारमा चुनावनै भएको छ । स्थानिय तहको चुनावमा बाम गठबनधन एक नभए पनि अहिले भने एकै मत बनाएर जादा समेत काग्रशेलाई पछार्न सकेन । 
    निर्बाचन आयुक्त सन्दिप हुमागाईका अनुसार अध्यक्षमा काग्रेशका छत्र बहादुर लिम्बुले ३ मत अन्तरले बामगठबनधनका धुब महतलाई हराएका छन । लिम्बुले ३२ मत ल्याए भने महतले २९ मत मात्रै ल्याए थिए । यस्तै उपाध्यक्षमा बाम गठबनधका निर्मल परियारले जितेका छन । उनका निकटतम प्रतिद्धवन्दी लोक बहादुर याख्खा भने १ मतले पराजीत भएका थिए । परियारको ३१ र याख्खाको ३० मत मात्रै आएको थियो । उपाध्यक्ष बाहेकका सवै पदमा काग्रेशले जित हासिल गरेको छ ।    
     सचिवमा कृष्ण हुमागाईले ३० मत ल्याउदैबिजय भएकान छन भने उनका निकटतम प्रतिद्धवन्दी हरि लिम्बुले ३० मत मात्रै ल्याएका छन ।  सह– सचिवमा सरिता राजवशिले जितेकी छन । उनले पनि ३० मत ल्याएकी थिईन । उनकी निटतम प्रतिद्धवन्दी भने सरिता कट्वाल रहेकी छन । यस्तै कोषध्यक्षमा ईन्द्र माया चेम्जोङले जित हासिल गरेकी छन । उनले ३१ मत ल्याएकी थिईन । उनका प्रतिदवन्दी भने भिम प्साद चौलागाई रहेका थिए । पदाधिकारी सहितका १३ पदनै चुनाव वाट आएका छन ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…