• काठमाडौं, चैत २५ – भारतको ३ दिने राजकीय भ्रमण सकेर प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्कनुभएको छ ।

    स्वदेश फर्के लगत्तै विमानस्थलमा पत्रकार सम्मेलन गर्दै प्रधानमन्त्री ओलीले भारत भ्रमणमा रेलमार्ग, जलमार्ग, जलविद्युत, कृषिलगायतका विषयमा नेपालको पक्षमा सहमति भएको जानकारी दिनुभयो ।

    प्रधानमन्त्री ओलीले भारत सरकारले नेपाली जनमतको सम्मानसँग स्वागत गरेकाले भ्रमण सफल रहेको बताउनुभयो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, भारतीय राष्ट्रपति, उप–राष्ट्रपति, नेता, व्यापारी, वौद्धिक वर्गसँगको भेटघाट फलदायी भएको प्रधानमन्त्रीले बताउनुभएको छ । ‘जनताको अभिमत बोकेर म भारत भ्रमणमा गएको थिए’, प्रधानमन्त्रीले भन्नुभयो, ‘त्यो अभिमतलाई भारतले स्वागत गर्यो ।’

    प्रधानमन्त्री ओलीले भारतसँग केही नयाँ सम्झौताहरु भएको बताउनुभएको छ । ‘कृषि बजार तथा व्यापारमा केही सम्झौता र समझदारी भएका छन् । सीमा सम्बन्धि विवाद गम्भीरताका साथ समाधान हुने छ’, ओलीले भन्नुभयो, पञ्चेश्वर परियोजनाको विषयमा पनि हामीले कुरा राखेका छौ । त्यो चाँडै समाधान हुन्छ ।‘ 

    शुक्रबार दिल्ली विमानस्थलमा स्वागत गर्ने भारतीय गृहमन्त्री राजनाथ सिंहले नै ओलीलाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गर्नुभएको थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…