• देबु बानियाँ
    झापा– आयोजक पाँचथर क्लबलाई हराउँदै मिसन युनाईटेड क्लब ताप्लेजुङ फिदिममा आइतरबार सुरु भएको दोश्रो पाँचथर गोल्ड कप फुटबल प्रतियोगिताको सेीफाइनलमा प्रवेश गरेको छ ।
    उद्घाटन खेलमा घरेलु मैदानमा राम्रोसँग जम्न नसक्दा आयोजक पहिलो चरणमै बाहिरेको हो । ताप्लेजुङले फिदिलाई २–१ को गोल अन्तरले हराउँदै सेमीफाइनलको यात्रा तय गरेको हो । ताप्लेजुङको जितमा दिपेश आङबोहाङ र युवराज लिम्बु नायक बने । आयोजकले सुरुवाती अग्रता लिए पनि खेल अवधीभर टिक्न नसक्दा ताप्लेजुङको सिकार बन्नु परेको थियो । खेलको १० मिनेटमा आयोजकका सुदिप श्रेष्ठले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । उनले डिब्लिङ गर्दै एकल प्रयासमा उत्कृष्ट गोल गरेका थिए । ३१ औँ मिनेटमा ताप्लेजुङका आङबोहाङले गोल गर्दै खेललाई बराबरी बनाए । पहिलो हाफमा एक–एक गोलको बराबरी भएको थियो ।

    दोस्रो हाफको २४ औँ मिनेटमा लिम्बुले गोल गर्दै टिमलाई अग्रता दिलाए । उनले प्रहार गरेको बललाई गोलरक्षकले पञ्च गरेको थिए । तर, उनले पञ्च गरेको बल रिबाउण्ड भएपछि उक्त मौकालाई सहि सदुपयोग गर्दै सानदार गोल गरेका थिए । आयोजकले पाएका थुप्रै अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा हारको सिकार बन्नु परेको थियो । वैशाख–२ गतेसम्म चल्ने प्रतियोगिताका विजेताले ३ लाख ५ हजार ५ सय ५५ रुपैँया नगद र ट्रफी उपविजेता टिमले १ लाख ५५ हजार ५ सय ५५ रुपैँया पाउनेछन् ।
    प्रतियोगिताको उद्घाटन प्रदेश नम्बर १ का प्रमुख डा. गोविन्द तुम्माले गरेका थिए । सोमबारको खेल रर्डहर्ष इलाम र डिएफसी मोरङबीच हुने आयोजकले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…