• सूचना प्रविधि तालिम सकियो
    उर्लाबारीःसञ्चार क्लब नेपाल उर्लाबारीको आयोजनामा भएको दुई दिने सूचना प्रविधि तालिम शनिबार सम्पन्न भएको छ ।
    उर्लाबारी नगरपालिकाको सहयोगमा भएको उक्त तालिममा ३५ जना पूर्वी मोरङका पत्रकारहरुको सहभागिता रहेको थियो । समापन कार्यक्रममा उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले सञ्चार क्षेत्रको विकासमा नगरपालिकाको तर्फबाट सक्दो सहयोग गर्ने बचन दिएका छन् । ‘सत्यतथ्य समाचार प्रकाशन गरी समाज विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्न पत्रकारहरुलाई आग्रह गरे । उनले पत्रकारहरु सूचना प्रविधिको क्षेत्रमा दक्ष हुनु पर्नेमा उनको जोड छ । कार्यक्रममा क्लबका पूर्वअध्यक्ष केदार चौहानले पत्रकारिता क्षेत्रको विकासमा स्थानीय तहको भूमिका सहयोगी हुनु पर्ने बताए । कार्यक्रममा प्रशिक्षक सूचना हक अभियान्ता राजु श्रेष्ठलगायतले बोलेका थिए । क्लबका अध्यक्ष सरोज बस्नेतको सभापतित्वमा भएको उक्त कार्यक्रममा उपाध्यक्ष नवराज भट्टराईले स्वागत मन्तब्य राखेका थिए । महासचिब किशोर श्रेष्ठले कार्यक्रम सञ्चालन गरेका थिए । दुई दिनसम्म चलेको उक्त तालिममा सूचना प्रविधि बिषयमा समिप चुडाल र सूचनाको हकका बिषयमा राजु श्रेष्ठले सहजिकरण गरेको सचिब सन्तोष गौतमले बताएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…