• काठमाडौं, २६ चैत । काभ्रेको बनेपा नगरपालिका–६ का वडाध्यक्ष र व्यवसायीबीच कुटाकुट भएको छ । कुटाकुट हुँदा हार्डवयर पसलमा क्षति पुगेको छ भने एक स्थानीय घाइते भएका छन् । वडाध्यक्ष सचितानन्द केसी र खानीखोला हार्डवयरका प्रोपाइटार सुधिर श्रेष्ठबीच कुटाकुट भएको हो । अन्नपूर्ण पोष्ट दैनिकले समाचार छापेको छ ।

    सडकमा गाडी रोकेको भन्दै वडाध्यक्ष केसीले आइतबार बिहान साढे ८ बजे हार्डवयरका सञ्चालकलाई गाडी हटाउन भनेका थिए । उनले नमानेको भन्दै अध्यक्ष केसीले हाडवर्यका सञ्चालकलाई धकेलेपछि सामान्य घटनाले उग्ररुप लिएको थियो ।

    बनेपा नगरपालिकाले फुटपाथमा पार्किङ गर्ने गाडीहरु हटाउने अभियानस्वरूप बरम्बार सूचना जारी गरिरहेको थियो । व्यवसायीहरुले सूचनालाई अवज्ञा गर्दै फुटपाथका पसल र गाडी पार्किङ हटाउन अटेरी गरिरहेका थिए ।

    बनेपा नगरपालिकाकै अभियानलाई सफल बनाउन वडा नम्बर ६ का वडाध्यक्ष केसीले फुटपाथमा गाडी पार्किङ नगर्न आग्रह गरेका थिए । घटनाका एक प्रत्यक्षदर्शीले वडाध्यक्षकाे कदम राम्रो भएपनि शैली हुकुमी प्रकारको भएकाले घटना घटेको अाराेप लगाए ।

    ‘वडाध्यक्षको अभियानलाई साथ दिनुपर्छ । नगरपालिका वरपर फुटपाथमा व्यवसायहरुले कमाउन धन्दा गरिरहेका छन् । यस्तो बेला नगरपालिकाको अगुवाइमा वडाले गरेको काम ठीक हो ।’ अर्का प्रत्यक्षदर्शीले भने,‘तर यसरी युवाहरु परिचालित गर्नु भन्दा प्रहरी प्रशासन राखेर कानुनी कारबाहीमा लागेको भए यस्तो घटना घटदैनथ्यो होला !’ अहिले वडाध्यक्ष रिहा भएका छन् भने हार्डवयर सञ्चालक प्रहरीको हिरासत छन् । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…