• मेलम्ची, २६ चैत्र । सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका ९ ज्यामिरेको झिल्के मोड भन्ने ठाउँमा बोलेरो गाडी दुर्घटना हुँदा चालक सहित ३ जनाको मृत्यू भएको प्रहरीले जनाएको छ ।

    बेलुका ८ बजे तिर मेलम्चीबाट सिमेन्ट लिएर रातमाटे जाँदै गरेका बा १८ प ४६९९ नम्बरको बोलेरो गाडी सडक बाट करिब ३५० मिटर तल भिरमा खसेको थियो ।

    दुर्घटनामा परि मुत्यूहुनेहरुमा चालक अन्दाजी ३५ वर्षिय ज्यामिरेका सुरेश तामाङ, ज्यामिरेकै ४२ वर्षिय मोती अधिकारी र १२ वर्षिय कमल स्यङ्बोको घटनास्थलमै मृत्यू भएको प्रहरीले जनाएको छ ।

    बढी लोड बोकेका कारण मोडमा ब्रेक नलागेर गाडी दुर्घटना भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिनुभएको छ ।

    त्यस्तै हेलम्बु गाउँपालिका एक तिम्बुमा बस दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । काठमाडौँ बाट हेलम्बुको तिम्बुका लागी छुटेको ६३६५ नम्बरको हेलम्बु यातायातको बस गयराती साँढे १० बजे तिर बसपार्क तिम्बु नजिकै दुर्घटना भएको हो ।

    दुर्घटनामापरि बसका सहचालक इन्द्रावती गाउँपालिका बाँडेगाउँका महेन्द्र भुजेलको मृत्यू भएको इलाका प्रहरी कार्यलयका सइ श्रीराम केसीले जानकारी दिनुभएको छ ।

    बसमा सवार चारजना घाइतेको उपचारका लागी रातीनै धुलीखेल अस्पताल पुर्याइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…