काठमाडौं । क्यान्सर रोगबाट पीडित मोरङ उर्लाबारी—९ खोपिँडाडाकी पार्वता लिम्बूको उपचारका लागि मकाउबाट नगद ३१ हजार ३ सय ६० रुपैंया सहयोग भएको छ । मकाउबाट उर्लाबारी—९ खोपिँडाडा निवासी गोपाल थापाले आफु र साथीभाईबाट संकलन गरेर पठाएको रकम एक कार्यक्रमका बिच हस्तान्तरण गरिएको छ । थापाकी आमा शिवमाया थापाले उक्त रकम पार्वताकी छोरी रेनुकालाई हस्तान्तरण गर्नुभयो । ‘आफ्नो छरछिमेकमा परेको समस्यालाई दाहित्यवोध सम्झेर सहयोग गरेको गोपाल थापाले बताउनुभयो । उहाँले सहयोग गर्नुहुने सबै साथीभाईलाई धन्यवाद दिनुभएको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा पार्वताको उपचार भईरहेको छ । यसअघि पार्वताको उपचारका लागि हङकङबाट याम सेम्बुको अगुवाईमा नगद २ लाख ,मकाउबाट गीता मगर शेर्पाका अगुवाईमा नगद ८० हजार ८ सय ८८ र अष्ट्रेलियाबाट टीका श्रेष्ठबाट १० हजार सहयोग भएको थियो ।