• हरि कोइराला

    सुन्दरहरैचा÷श्रीमतीको उपचार खर्च जुटाउन नसकेर चन्दा सङ्कलन गरिरहनु भएका मोरङको सुन्दरहरैचा १० का जब्वरबहादुर श्रेष्ठको घरमै पुगेर डाक्टर सूनील शर्माले २ लाख रुपियाँ उपचार खर्च छुट गराइ दिनु भएको छ । घरमा काम गर्दा गर्दै गत चैत २ गते ६० वर्षीय छलमाया श्रेष्ठ अचानक बेहोस हुन् भएको थियो । बेहोस भए लगत्तै उहाँलाई उपचारार्थ आफन्तले नोवेल अस्पताल पुर्याएका थिए । नोवेलले मष्तिष्कको जटिल शल्यक्रिया गर्नुपर्ने भएकोले उपचार खर्च साढे ५ लाख लाग्ने जनाएपछि श्रेष्ठ परिवार सस्तो उपचार खोज्दै भारतको बिहार स्थित खरैया आयुर्वेद केन्द्र पुग्यो । तर , त्यहाँ उपचार सम्भव भएन, श्रेष्ठ परिवार त्यसपछि बिरामीलाई लिएर भारतको पश्चिम वंगाल स्थित पारामाउण्ट नर्सिङ होम सिलगढी पुग्यो ।

    नर्सिङ होमले मष्तिष्कको नसा चुट्टिएकोले जटिल शल्यक्रिया गर्नु पर्ने भन्दै उपचार खर्च भारतीय रुपियाँ १५ लाख खर्च हुने जनाएपछि आर्थिक अभावका कारण श्रेष्ठ परिवार मृत्यु स्वीकार्दै विरामी लिएर पुन नेपाल फर्कियो ।अर्काको खेत अधियाँ जोतेर दैनिकी चलाउने श्रेष्ठ परिवारले सस्तो उपचार खोज्दा खोज्दै आफ्नो भएभरको जेथो सकिसकेको थियो ।‘काट्दा रगत,निचोर्दा आचीको अवस्थामा पुगेको श्रेष्ठ परिवारलाई गाउँबासीले केही पैसा चन्दा उठाएर सहयोग त गरेका थिए । तर भारतका दुई वटा प्रान्तमा सस्तो उपचार खोज्दै हिड्दा त्यो पैसाको थैलो पनि रित्तो भइसकेको थियो ।

    [caption id="attachment_13686" align="alignleft" width="1000"]All-focus[/caption] उपचार पाए बाँच्ने अबस्थाकी छलमायालाई स्थानीय भीम पाण्डेको सहयोगमा पुन नोवेल अस्पताल भर्ना गरियो । चैत २ गते बेहोस भएकी छलमाया ११ दिन पछि चैत १३ गते राति पुन नोवेलको सघन उपचार कक्षमा भर्ना हुनुभयो । १४ गते उहाँको सफल शल्यक्रिया भयो । छलमायाले जीवन त पाउनु भयो । तर, बाँचेर पनि अस्पताल खर्च तिरेर घर आउने अवस्था उहाँका आफन्तसँग थिएन । पैसा नभएपछि श्रेष्ठ परिवारले अस्पताल सम्म पुर्याउन सहयोग गर्नु भएका स्थानीय भीम पाण्डेसँग निशुल्क उपचारका लागि डाक्टर शर्मासँग याचना पुर्याइदिन अनुरोध गर्यो । दैनिक ३ हजार विरामी उपचारका लागि पुग्ने नोवेलमा अधिकांशले शर्मासँग निशुल्क उपचारको अपेक्षा राख्छन् ।पाण्डे भन्नुहुन्छ – मनकारी डाक्टर शर्मासँग कुरा राखेपछि उहाँले श्रेष्ठ परिवारको आर्थिक अवस्था बुझ्न गाउँ जाने सर्त राख्नुभयो । सोही शर्त बमोजिम डाक्टर शर्मा चैत २५ गते आइतबार सुन्दरहरैंचा १० स्थित बागझोडाका जब्बरबहादुर श्रेष्ठको निवास पुग्नुभयो ।गाउँका झण्डै १ सय स्थानीयको उपस्थितिमा डाक्टर शर्माले भन्नुभयो–मैले अस्पताललाई भुक्तान गर्न बाँकी २ लाख रुपियाँ छुट गरिदिएँ । डाक्टरको घोषणाले स्थानीय स्तब्ध मात्र बनेनन्, जब्बरबहादुरकी कान्छी श्रीमती सीता ‘ डाक्टर त भगवान नै हुँदा रहेछन् भन्दै सुक्सुकाउँदै हुनुहुन्थ्यो भने स्थानीय गोपाल ढकाल टाढाको देउता भन्दा नजिकको भूत नै काम दिँदो रहेछ, भन्दै हुनुहुन्थ्यो । छलमाया पूर्ण रुपमा निको भएर सोमबार घर फर्किदै हुनुहुन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…