• विर्तामोड- माओवादी सशस्त्र संघर्षका क्रममा १६ वर्षदेखि टाउकोमा गोली लिएर बसेकी एकजना महिलाको शल्यक्रिया विएण्डसी टिचिङ हस्पिटलले निःशुल्क गरिदिएको छ। हस्पिटलका न्यूरो सर्जनद्वय डा. पंकज नेपाल र डा. दिनेश थापा नेतृत्वको टोलीले साँढे पाँच घन्टा लगाएर माओवादी पूर्व लडाकु अनुपा राईको टाउकोमा रहेको गोली निकालेको हो।

    २०५९ साल बैशख २४ गते भोजपुरको चैनपुर आक्रमणका क्रममा सेनाको बंङ्करमा परी हिलिहाङ गाउँपालिका –७ पाँचथरकी राई घाइते भएकी थिइन्। सशस्त्र संघर्षका क्रममा राईलाई गोली लागेको थियो।

    उनको शरीरका दुईवटा गोली निकालिएको न्यूरो सर्जन डा. पंकज शर्माले बताए। टाउकोमा दिमागलाई नै असर गर्ने गरी रहेको एउटा र अर्को घाँटीमा रहेको गोली निकालिएको उनले जानकारी दि।

    गत मंगलबार राईको शल्यक्रिया भएको थियो। शल्यक्रियापछि आफू स्वस्थ रहेको राइले बताइन्। आफ्ना लागि निःशुल्क शल्यक्रिया गरिदिएकोमा हस्पिटललाई उनले धन्यवाद दिइन्। राईले भनिन्, ‘मेरो उपचारका लागि यत्रो ठूलो सहयोग गरिदिनु भएकोमा अस्पताललाई धन्यवाद दिन्छु।’

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…