• काठमाण्डु, २६ चैत – भारतीय अभिनेता सलमान खानसहित् बलिउड कलाकारहरु ‘द–ब्याङ्ग’ टुरमा आगामी जेठमा नेपाल आउने भएका छन् ।

    यसअघि, विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको विरोधपछि फागुन २६ गते हुने भनिएको पूर्व निर्धारित कार्यक्रम सुरक्षाको कारण देखाउँदै रद्द भएको थियो ।

    कार्यक्रमका आयोजक ओडिसी इन्टरटेनमेन्टका अनुसार अब कार्यक्रम १२ जेठमा काठमाण्डुको टुँडिखेलमा आयोजना हुनेछ ।

    कृष्णसार शिकारको मामिला सलमान जेल चलान भएपछि कार्यक्रमबारे अन्यौलता थपिएको थियो । तर, सलमानले सो मुद्दामा जमानत पाएका छन् ।

    जेए इभेन्टसले विज्ञप्ति जारी गर्दै सलमान आउने कार्यक्रमको नयाँ तालिका सार्वजनिक गरेको हो ।

    कार्यक्रमका आयोजक तथा ओडिसीका अध्यक्ष सिमान्त गुरुङले कार्यक्रमका लागि डेढ महिना समय बाँकी भएकाले आजबाटै जोडतोडका साथ तयारी शुरु गर्ने बताए ।

    ‘टिकट पनि अर्को साताबाट बिक्री वितरण शुरु गर्छौं,’ उनले भने, ‘यसमा पुरानै टिकट चलाउँछौँ । पहिले बेचेको करिब २ हजार टिकट फ्यानहरुसँगै छ, त्यो टिकट उहाँहरुले विश्वास गरेर होल्डमा राखिदिनुभएको छ ।’

    गुरुङले ग्लोबल आइएमई बैंक, भाटभटेनी लगायतका मुख्य स्थानबाट टिकट वितरण शुरु गर्ने तयारी गरेको पनि जानकारी दिए ।

    उनले सुरक्षा प्रवन्धका लागी पहिले नै अनुमति पाएको बताउँदै अब सुरक्षा निकायलाई पनि जानकारी गराएर थप तयारी पूरा गर्ने बताए ।

    ‘पहिले टिकट वितरण भएको हेर्दा २५ देखि ५० हजार टिकट विक्री हुने अनुमान गरेका छौं,’ गुरुङले भने । आडिसी इन्टरटेनमेन्टले राष्ट्र बैंक मार्फत खानलाई ६ करोड बढी पैसा पठाइसकेको गुरुङले दाबी गरेका छन् ।

    कार्यक्रममा सलमानसहित सोनाक्क्षी सिन्हा, कृति सानोन, प्रभुदेवा, डेजी शाह, मित ब्रोज, मनिष पल र डान्स क्रुहरु आउने छन् ।
    कार्यक्रमको १० देखि १२ करोडको लागत अनुमान गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…