• देबु बानियाँ
    काठमाडौँ । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसीआइ सिनेटर श्रीधर बस्याल एरिया ‘डी’ अन्तरगतका शाखाहरुको एक साता भ्रमणका लागि सोमवार मध्यपश्चिम र सुदुर पश्चिमतर्फ प्रस्थान गर्नु भएको छ । 
     मध्य पश्चिम र सुदुर पश्चिमका जेसीज शाखाको संस्थागत विकास तथा जेसीज युवाहरुको उत्प्रेरणा दिनका लागि उहाँ भ्रमणमा निस्कनु भएको हो । 
    उहाँले एक साताको भ्रमणमा प्रदेश नम्बर ५, ६ र ७ अन्तरगत रहेका करिब १५ वटा शाखाको भ्रमण गर्ने कार्यक्रम तय भएको नेपाल जेसीजको सचिवालयले रातो कलमलाई बताए ।

     भ्रमणका क्रममा उहाँले वर्ष २०१८ लाई नेपाल जेसीजले तय गरेको उदाउदो जिम्मेवारीका साथ हामी चम्कने अभियानलाई सार्थक बनाउनका लागि विभिन्न प्रशिक्षणको दिनुहुने छ । साथै उहाँले युवाहरुलाई जेसीजको माध्यमबाट व्यक्तित्व र नेतृत्व विकाससँगै युवा नागरिक निर्माण अभियानमा लाग्न उत्प्रेरित गर्नका लागि समेत प्रशिक्षण दिनु हुनेछ । 
    एक सातामा राष्ट्रिय अध्यक्ष बस्यालले त्यहाँ रहेका जेसीजका सदस्यहरुलाई बलियो बनाउन, स्थानीय शाखाको विकासका लागि सदस्यहरुलाई उत्प्रेरणा दिन, जेसीज प्रति युवाहरुको आकर्षण बढाउन, सामाजिक र मानवीय क्षेत्रमा जेसीजको कर्तव्य र अधिकारका बारेमा जानकारी गराउनेलगायत रहेको छ जेसीज सचिवालयले जनाएको छ । 

    गत पुसमा भैरहवामा सम्पन्न ४४ औँ महाधिवेशनबाट राष्ट्रिय अध्यक्षको जिम्मेवारी लिनु भएका सिनेटर बस्यालले देशभरका शाखालाई अझ क्रियाशील र उत्प्रेरणा जगाउन विभिन्न कार्यक्रमहरु गर्दै आउनु भएको छ । एक साता अघि मात्र चितवनको सौराहमा देशभरका शाखा अध्यक्षहरुको काउन्सिलर एकाडेमी सम्पन्न भएको थियो । वर्ष २०१८ लाई नेपाल जेसीजले सुनौलो वर्षका रुपमा स्थापित गर्ने योजना बनाएको छ । भ्रमणको टोलीमा राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी समेत सहभागि रहेका छन् । 

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…