• देबु बानियाँ
    विर्तामोड । वीरता लेडी जेसीजका पदाधिकारीहरुको जन्मउत्सवको अवसर पारेर विराट आधारभूत विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका छन् । 
    सोमवार विद्यालय परिषरमा आयोजित एक कार्यक्रमकाबीच जेसीजले विद्यालयमा अध्ययनरत ३१ जना बौद्धिक अपांगता  भएका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेका हुन् । चैत महिनामा जन्मदिन पर्ने जेसीजका  ५ जना सदस्यहरु कामना उप्रेती, यसोधा उप्रेती, युनिता दवाडी , सरु खनाल र सुमित्रा भट्टराईको जन्मदिनमा गरिने खर्च कटाएर उनीहरुलाई शैक्षिक साम्रागी वितरण गरिएको लेडी जेसीज अध्यक्ष नम्रता ढकालले बताइन् । 
    उनीहरुलाई स्टेसनीका सामानहरु ब्याग, कलम, कपिलगायत २५ हजार बराबरको सामग्री वितरण गरिएको हो । 


    शाखा अध्यक्ष नम्रता ढकालको सभापतित्व तथा शाखाकी संस्थापक अध्यक्ष सारदा रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशेष अतिथि सांसद हरिचरण सिवाकोटी, पत्रकार केशव भट्टराई, विराट आधारभूत विद्यालयका प्रधानाध्यापक कृण्ण बिमली, पूर्व अध्यक्षहरु कञ्चना सिटौला, रजनी बजगाई,  राधा सुब्बा, आजीवन सदस्य शिला ढकाललगायतले बोलेका थिए । 
    कार्यक्रममा उपाध्यक्ष कामना उप्रेतीले आस्था वाचन गरेकी थिइन् । कार्यक्रम संयोजक एवम् उपाध्यक्ष हिमा पौडेल स्वागत गरेको कार्यक्रमको सञ्चालन महासचिव सरु खनालले गरेकी थिइन् । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…