• २०७४ चैत्र २७ मंगलवार

    हिमाली जिल्ला डोल्पा खण्ड-खण्डमा राष्ट्रिय सडक सञ्जालसँग जोडिँदै छ।

    जिल्लाको त्रिपुरासुन्दरी नगरपालिका-५ मा पर्ने खदाङसम्म राष्ट्रिय सडक सञ्जालमा जोडिएको छ।

    नेपाली सेनाले जिम्मा लिएको जाजरकोट-डोल्पा सडकखण्डअन्तर्गत डोल्पा-रुकुम सिमाना त्रिवेणी बजारदेखि खदाङसम्मको ९ किमि सडकखण्ड सुचारु भइसकेको छ। सेनाका अनुसार खदाङ श्रीविण्डे हुँदै चिप्लेभीर राष्ट्रिय सडक सञ्जालमा जोेडिएको जानकारी दिएको हो।

    पूर्वमन्त्रीसमेत रहेकी संघीय सांसद सत्य पहाडीले आइतबार करोपगाड-खदाङ- श्रीविण्डे-चिप्लेभीर खण्डको ९ किमि सडकखण्डको उद्घाटन गरिन्। यो सडक शुभारम्भ भएसँगै रुकुम-डोल्पा सिमाना त्रिवेणीबजारदेखि खदाङ्सम्म जिप ट्र्याक्टरलगायत यातायात साधन सञ्चालनमा आएका छन्। यो सडक सञ्चालनमा आएसँगै काठमाडौंदेखि डोल्पाको खदाङ हरियापानीसम्म यात्रुले सीधै यात्रा गर्न सक्नेछन्।

    जाजरकोट डोल्पा सडकखण्डका कार्यदल प्रमुख कर्णेल विश्वबन्धु पहाडीले जाजरकोट-डोल्पा सडकखण्डको कुल लम्बाई करिब ११८ किमि सडकखण्डमध्ये ११५ किमि सडक निर्माण भइसकेको जानकारी दिए। पहाडीका अनुसार बाँकी ३ किमि सडक बनेपछि डोल्पा सदरमुकाम दुनै पूर्णरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिने बताए।

    ‘अब बाँकी रहेको तीन किमि सडकखण्ड भीर, पहरा र कडा चट्टानयुक्त छ तर सेनाले आत्मविश्वाससाथ दसैंमा डोल्पालाई राष्ट्रिय सडक सञ्जालमा जोड्ने गरी काम गरिरहेको छ’, कर्णेल पहाडीले भने।

    कार्यक्रममा पूर्वमन्त्री पहाडीले अकल्पनीय भीर खोपेर मोटर कुदाएकोमा नेपाली सेनाप्रति डोल्पाली जनताको तर्फबाट धन्यवाद दिइन्।

    dolpa-sadak1

     उनले भनिन्, ‘सडक-खण्ड निर्माणका लागि आर्थिक, भौतिक र नैतिक सहयोग गरिरहेको र डोल्पा पूर्णरूपमा राष्ट्रिय सडक सञ्जालमा जोडिइसकेपछि निर्माण गर्नुपर्ने पुल, सडक कालोपत्रे गर्नसमेत अहिलेदेखि नै लागिरहेका छौं।’

    डोल्पामा सडक पुगेसँगै उन्नतिका ढोकाहरू विस्तारै खुल्दै जाने प्रदेशसभा सदस्य वीरबहादुर शाहीले विश्वास गरे।

    त्रिपुरासुन्दरी नगरपालिका प्रमुख ओमबहादुर बुढाले नगर समृद्धिको आधार कृषि व्यवसाय भएकाले भोलिका दिनमा मान्छे र सामान बोकेर डोल्पा पुग्ने गाडीलाई भरेर फर्काउनका लागि अहिलेदेखि नै स्याउ, ओखर, अंगुर खेतीमा जोड दिइएको बताए।

    स्थानीयले आफ्नै आँगनमा ठूला गाडी पुगेको देख्दा खदाङबासीले हर्षका आँसु झारेका थिए। गाउँमा गाडी पुगेपछि खुसियाली मनाउन हजारौं सर्वसाधारण खदाङमा भेला भएका थिए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…