• काठमाडौं । मेनस्ट्रिमका अन्य ग्ल्यामरस अभिनेत्रीहरूलाई छायाँमा पार्दै कामना फिल्मस् अवार्डले हरेक वर्ष प्रदान गर्दै आएको सर्वोत्कृष्ट अभिनेत्रीको अवार्ड जितिन् सिर्जना सुब्बाले  । उनलाई देख्नेले अचम्म मान्न सक्छन् कि यिनै हुन् त यसपालिको सर्वोत्कृष्ट अभिनेत्री ? हुन पनि हो, उनीसँग एउटा नायिका हुनुपर्ने वा सामान्य मान्छेले एउटी नायिकामा खोज्ने कुनै गुणहरू नै देख्दैनन् । न त अरू नायिका जत्तिको सुन्दर नै छिन् । भनेपछि एउटा प्रश्न उब्जिन्छ – के नायिका हुनलाई सेक्सी फिगर र उत्तेजक हाउभाउ नै चाहिन्छ त ? यी सब प्रश्नको एउटा सग्लो उत्तर बनेकी छन्, सृजना सुब्बा । र नेपाली चलचित्रमा स्थापित मानक पनि भात्काइरहेकी छन् ।


    अवार्ड जित्दाको अनुभव

    उनी कार्यक्रम भएको बेला बाहिर थिइन् । हाङकङमा ‘डाइङ क्यान्डल’ स्क्रिनिङमा रहेका बेला निर्देशक र उनी स्वयंलाई कार्यक्रम हुन्छ भनेर थाहा थिएन । जब थाहा पाइन् कि उनले अवार्ड पाइन्, उनी भन्छिन्, ‘अत्यान्तै खुशी भएँ । तर अवर्ड नै नपाए पनि खुशी चाहिँ नहुने भन्ने होइन ।’ उनले किन  पाइन् र किन दिइयो भन्दा पनि उनले गरेको मिहेनतकोे मुल्यांकन भने अवश्य भएको हो । ‘वास्तवमा मलाई नयाँ जिम्मेवारीको अनुभूति पाएको छु,’ उनले खुसी प्रकट गर्दै भनिन्, ‘हुन त मैलै जीवनमा ६/७ ओटा सिनेमामा काम गरेँ होला ।’  अरू नायिकाको लेखाजोखा खासै गर्दिनन् उनी । सबैले उत्तिकै राम्रो  गरेका छन् ,जस्तो लाग्छ उनलाई ।  तर अचम्म के भने नि अन्य नायिकाहरूले वर्षकै ६/६ ओटा चलचित्र खेल्छन् ।  तर उनले अहिलेसम्म ६/७ वटा चलचित्रमा काम गरेकी छिन् , झनै मुख्य भूमिका त एकदमै कम । यसले यो पनि पुष्टि गर्छ कि उनी एकदमै मिहेन तगर्ने अभिनेत्री हुन् । लजसले सौन्दर्य भन्दा ज्यादा अभिनय कौशलता बेच्ने  गर्छिन् । ‘अवार्ड पाउनुमा मुख्य रूपमा    मेरो कामले होला जस्तो लाग्छ,’ उनी थप्छिन्, ’यो मानेमा अरू नायिकाहरूले पनि काम नगरेको भन्नु त मिल्दैन । उहाँहरूले पनि काम त गरिराख्नु भएको छ ।’ 


    नेपाली सिनेमालाई के दिइन् त ?

    ‘मैले के कुरा दिएँ भन्दा पनि मेरा कामको मुल्याकन हो जस्तो लाग्छ । मेरो कामको क्षमतालाई निखार ल्याउनमा कोसिस गर्ने छु । अझै म आफ्नो कामलाई निरन्तरता दिएर आउने पुस्ताको लागि यो क्षेत्रलाई झनै फराकिलो बनाउने कोसिस गर्ने छु÷गरिरहनेछु ।’


    उनको करियरलाई जुन कुराले राम्रो गर्छ त्यसैमा केन्द्रित भएर काम गर्ने सोच छ उनको । तर नाटक चाहिँ चटक्कै छोड्ने सोचमा छैनन् उनी । आखेरी कसरी पो छाड्न सक्थिन् र ! जहाँबाट उनले अभिनयको यत्रो लामो यात्राको दौरान पहिलो पाइला चालेकी थिइन् । सायद, नाटक घरमा पहिलो  पाइला नचालेकी भए कतै  हुन्थिन् जहाँ उनी अन्जान हुन्थिन् । कसैले चिन्दैनथे । ‘नाटकै मात्रै गर्छु या  सिनेमा मात्रै गर्छु भन्ने सोच गरेको छैन,’ उनी जिम्मेवारपूर्ण तर्क गर्छिन्, ‘सिने नगरीलाई आफ्नो काम र क्षमतालाई अभिवृद्धि गर्दै लैजाने छु । मेरो चलचित्र होस् या नाटक होस् अभिनय नै हो ।’ अभिनयमा अझै  निखार ल्याउँदै भविष्यमा राम्रो चलचित्र नेपाली चलचित्र उद्योगलाई दिने सोच छ उनको । राम्रो जस्तो पायो त्यस्तै चलचित्रमा काम गर्र्ने गर्दिनन् उनी । उनले अभिनय गरेका चलचित्रले केही  हदसम्म भए पनि समाजका राम्रो म्यासेज छोडोस् भन्ने लाग्छ उनलाई । 


    सिर्जनाले अहिलेसम्म लुट, लुट २, आवाज, डाइङ क्याण्डल, नतिजा, दिपशिखा र चक्करमा अभिनय गरिसकेकी छन् भने मिस्टर भर्जिन, पञ्चेबाजा, धुलोलगायतका चलचित्र रिलिजको तयारीमा छन् ।

     

    कसरी यो क्षेत्रमा आइपुगिन् त उनी ?

    फिल्मको हिरोइन बन्ने सपना रहेछ सिर्जनाको । हिरोइन हुनका लागि लाज, डर सबै त्याग्नुपर्छ भन्ने कुरा त्यतिबेलाका हिरोइनहरूले दिएका अन्र्तवार्ता पढेकी रहिछन् । त्यसकारण पनि आफूलाई जबरजस्ती यो क्षेत्रमा उभ्याउन सबै लाज डर त्याग्ने प्रयास गरेको बताउँछिन् सिर्जना ।


    खासमा उनलाई नाटक भन्ने थाहा नै थिएन । ‘त्यतिबेला काका फुपूहरूले नाटकको रिहर्सल गरेका बेला हो मैले नाटक के हो भन्ने थाहा पाएको,’ मुसुक्क मुस्कुराउँदै भनिन्, ‘हिरोइन बन्ने मन थियो, एकाएक नाट्यकर्मी पो भइयो । र पछि त हिरोइन् पनि भएँ ।’


    चलचित्र ‘लुट’मा पुतलीको भूमिकामा देखिएकी सिर्जनाले अहिलेसम्म १० वटा चलचित्रमा काम गरिसकेकी छन् । तर, उनले अहिलेसम्म ३० वटा नाटकमा अभिनय गरेकी छन्, एउटा नाटक ‘युमा’को निर्देशनसमेत गरेकी छन् । एक हिसाबले भन्ने हो भने नाटकमा उनी जमिसकेकी छन् । तर हिरोइन बनेर फिल्ममा काम गर्न पनि अफर आइरहेका छन् । ‘नाटक र फिल्म दुवैलाई मिलाएर बढाउने कोसिस गरिरहेकी छु,’ सिर्जना यी दुई क्षेत्रको तालमेलबारे भन्छिन्, ‘नाटक गरिरहन्छु, फिल्म राम्रो स्क्रिप्टको पाएँ भने गर्छु ।’


    स्कुल पढ्दा उनले कहिल्यै अभिनय गरिनन् । न कुनै सांगीतिक कार्यक्रममा भाग लिने अवसर नै पाइन् । तर हिरोइन बन्ने हुटहुटीले उनलाई काठमाडौं ल्याइपु¥यायो । ‘त्यतिबेला चल्ने फिल्म टिभीमा आए भने हेर्न छुट्दैन थियो’, उनले भनिन् ।


    प्लस टु सकाएपछि उनी काठमाडौं छिरिन्, २०६२ मा । सुरुमा गाउँकै काका पर्नेको एउटा कन्सल्टेन्सी रहेछ, रिसेप्सनको जागिर खाइन् । काठमाडौं बस्ने बहाना मात्रै थियो त्यो । रिसेप्सनको जागिर खाँदै उनी काठमाडौंको रंगिन दुनियाँबारे बुझ्दै गइन् । यतै बस्ने गाउँतिरको एकजना दिदीले ‘सुन्दरी प्रतियोगीता हुँदैछ, जाऊ न एकपटक ट्राई गर’ भनिन् । उनको रंगिन दुनियाँमा आफ्नो इन्ट्रीबारे भनिन्, ‘त्यो प्रतियोगीतामा सेकेण्ड रनरअप भएँ ।’ यो प्रतियोगीतापछि धेरैको नोटिसमा परेकी उनलाई ‘मैना’ नाटकमा अभिनय गर्न त्यो नाटकका निर्देशक लोकेन्द्र लेखकले अफर गरे । नाटकमा अभिनयपश्चात् काठमाडौंका ठूलाठूला पत्रिकामा समाचार बनेर छापिइन् उनी । बद्रि अधिकारीको निर्देशनमा बन्न लागेको चलचित्र ‘आवाज’को लागि हिरोइन बन्ने अफर आयो । माओवादी क्यारेक्टरमा अभिनय गर्नुपर्ने रहेछ, उनले नाइँ भनिनन् । त्यो फिल्ममा उनले दमदार अभिनय गरिन् । र उनको दमदार अभिनयले अझै पनि निरन्तरता पाइरहेको छ । त्यसको गतिलो उदाहरण हो, कामना ल्फिम सर्वोत्कृष्ट अभिनेत्री अवार्ड ।


    चौतर्फी प्रशंसा पाइरहेकी उनले त्यसपछि आफ्नो अभिनय निखार्न अनुप बरालको एक्टर्स स्टुडियोमा भर्ना भइन् । नाटक सिक्दै, फिल्म र नाटक गर्दै अघि बढिन् सिर्जना । उनले इनास फिल्म अवार्डमा ‘डाइङ क्याण्डल’बाट उत्कृष्ट अभिनेत्रीको अवार्डसमेत पाइसकेकी छन् । ‘एक वर्षमा दुईवटासम्म फिल्ममा काम गर्छु’, उनले भनिन्, ‘नोटिस हुने रोल पाएँ भने नाइँ भन्दिनँ, सङ्ख्या बढाउन मात्रै फिल्ममा साइन गर्दिनँ ।’जनता पोष्टबाट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…