• रोमन आचार्य 
    काठमाडौँ  ।  कचनकवल गाउँपालिका वडा नम्बर ३ मा रहेको बडोकेचना झि र झि वरीपरी रहेको जग्गा विवाद ४० वर्षपछि समाधान भएको छ ।
    सरकारी स्वामित्वमा रहेको करिब २८ विगाह जग्गा स्थानीय समुदाय र झिल व्यवस्थापनबिच  सहमति भएसँगै समाधानको बाटो खुल्ला भएको हो ।
     विगत परम्परा देखिको मसानघाट प्रयोग, अव्यवस्थित वसोवास, नम्वरी सदियार जग्गाधनी बिचको सिमानाको समस्या, टिकाराम गुरुङ्गसँग गरिएको ठेक्का र करारको समस्याका कारण उक्त जग्गा विवादमा रहँदै आएको थियो ।


    यी विविध समस्यका कारण वडोकेचना झिलको दिगो विकासका लागि पर्या–पर्यटनको प्रचुर संभावना रहेता पनि उक्त क्षेत्रमा कुनै पनि काम हुन सकेको थिएन । विगतमा उक्त समस्या समाधानको लागि पटक, पटक छलफल भएता पनि समस्या दीर्घकालिन समाधान हुन सकेको थिए । तर, यो समस्यालाई जब प्राकृतिक स्रोत दन्द्ध रुपान्तरण केन्द्र नेपालले भेट्यो । त्यसपछि यसको समाधानका लागि सिंगो टिम केचनाकवनतर्फ लाग्यो । केन्द्रले यस जग्गा विवादको समस्या र समाधानका कारणहरु खोजी खरी स्थानीय अगुवाहरुको सहभागितामा माकुरा समूह गठन गरिएको थियो । उक्त समूहमा जग्गा भोगचलन गर्ने व्यक्ति, सारकोरवाला र स्थानीय राजनीतिक दलहरुलाई समेटिएको थियो ।  
    २०७३ भाद्र महिनामा द्धन्द्ध रुपान्तरणका लागि अनुरोध गरिएकोमा प्राकृतिक श्रोत द्धन्द्ध रुपान्तरण केन्द्र, साविक पथरिया गाविससँग सहकार्य गरी मंसिर १६ गते का दिन गाविस सचिब श्री रोशन दाहालको अध्यक्षतामा यस क्षेत्रका अगुवा समाजसेवी तथा सरोकारवालाहरुको उपस्थितिमा पूर्व तयारी बैठक सुरु गरिएको थियो । नेपालले काम सुरु गरेको करिब १५ महिनाको अवधीमा समाधानको विन्दुमा पुगेको थियो । समाधानपछि अहिल सिंगो गाउँमा खुसीयाली छाएको छ । बडो केचना झिलको द्धन्द्धमा सम्लग्न रहेका पक्षहरुसँग द्धन्द्ध रुपान्तरण प्रकृया अन्र्तगत हरेक चरणको संवाद पश्चात सबै पक्षहरुबाट ९ वटा वुद्धामा सहमति गरिएको थियो ।
    यस्ता छन् सहमतिका बुँदाहरु
    १. कचनकवल गाउँपालिका वार्ड न ३ मा रहेको वडोकेचना झिल र नम्वरी आवदीको सिमना एकिन गर्न २०२१ र २०५२ सालको नक्सालाई आधार मानी बढीमा १ महिना भित्र नापी गर्ने ।
     
    २  वडोकेचना झिल र नम्वरी आवदीको सिमना एकिन गर्दा झिलको जमिन नम्वरी आवदी भित्र परेमा नम्वरी सदियार पक्षहरुले छोडी दिने र नम्वरी आवदीको नक्सा झिल भित्र पर्न गएमा सम्वन्धीत सदियार पक्षले नै भोग चलन गर्ने ।
    ३ वडोकेचना झिलको आसपासमा विगत प्रयोग गर्दै आएको मसानघाट झिलको नापी गरेपछि गाउँ वस्तीलाई असर नपर्ने गरी आसपासमा व्यवस्था गर्ने तर गाउँ वस्ती र समाजलाई नै असर पर्ने भएमा अन्य क्षेत्रमा  विकल्प खोज्ने ।
     
    ४ वडोकेचना झिलको आसपासमा विगत देखि वसोवास गर्दै आएका भुमिहिन सुकुम्वासी समुदायको व्यवस्थित वसोवासका लागी झिल र नम्वरी आवदीको सिमना एकिन गरी सकेपछि सकेसम्म वसोवास गरेकै स्थानमा वसोवास गराउने यदि व्यवस्थित वसोवासलाई अषर पर्ने देखिएमा भुमिहिन सुकुम्वासी समुदायसंग सहकार्य गरी झिलको आसपासमा वसोवास गराउने र उनीहरुलाई लालपुर्जाको व्यावस्था स्थानीय सरकारको कानून वमोजिम गाउँपालिका कार्यालयले गर्ने ।
     ५  टिकाराम गुरुङ्ग र झिलको विगत देखिको ठेक्का सम्वन्धि समस्यालाई साविक पथरीया गा.वि.स संग भएको ठेक्का सम्झौता र गा.वि.बाट गरेको निर्णयहरु तथा द्धन्द रुपान्तरण प्रकृयामा सरोकारवालाहरु र स्वयम् टिकारामसंग भएको विकल्पको धारणा समेतलाई आधारमानी माकुरा समुह, वडा र गाउँपालिका कार्यालय वसी वढीमा १ महिना भित्र उचित संवोधन गर्ने ।
     ६ वडोकेचना झिल र नम्वरी आवदीको सिमा छुट्याउन आवश्यक पर्ने प्राविधिक र आर्थिकको व्यवस्था वडा र गाउँ पालिका कार्यालयले गर्ने ।
     ७ वडोकेचना झिलको दिगो विकासका लागि गाउँपालिकावाट गुरुयोजना निर्माण गरी पर्या– पर्यटनका आवश्यक पुर्वाधारहरुको निर्माण गर्ने र सोबाट उत्पन्न हुने रोजगारीका अवसरहरुमा भुमिहिन सुकुम्वासी समुदायहरुलाई पहिलो प्राथमिकता दिने ।
     ८ वडोकेचना झिलमा सम्लग्न सवै पक्ष र सरोकारवालाहरुमा भावनात्मक एकताको विकास गर्दै झिलको दिगो विकासका लागि एक आपसमा सहकार्य गरी अन्य सहयोगी  दातृनिकायहरुवाट लागानी गर्ने वातावरणको सृजना गर्ने ।
     ९. माथि उल्लेखित सम्पूर्ण सहमतिका वुदाँहरु कार्यान्वयन गर्ने सिलसिलामा कुनै किसिमका समस्या उत्पन्न भएमा माकुरा समुहले संवादको प्रकृया अवलम्वन गर्ने सहमति कार्यान्वयन गराउदै निरन्तर प्रकृयामा काम गर्ने र गराउन अगुवाईको भुमिका निर्वाह गर्ने ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…