• २०७४ चैत्र २७ मंगलवार

    विराटनगर स्थित नोबेल शिक्षण अस्पताल सञ्चालक डा.शुनिल शर्माले नेपाली कांग्रेस उदयपुरका निवर्तमान सभापति नारायण कार्कीको उपचारका लागि एक लाख आर्थिक सहयोग गरेका छन् ।

    गत मंसिरमा प्रतिनिधिसभा निर्वाचनका क्रममा बम बिस्फोटमा परी गंभीर घाईते भई उपचाररत कार्कीका लागि नोबेल अस्पताल सञ्चालक डा.शर्माले सहयोग गरेका हुन् ।

    नोबेल अस्पतालमा आज कार्यक्रम गरी कांग्रेस मोरङका सभापति डिगबहादुर लिम्बुलाई कांग्रेस महासमिति सदस्यसमेत रहेका डा.शर्माले उपचार सहयोगार्थ चेक हस्तान्तरण गरेका हुन् ।

    सो अवसरमा बोल्दै डा.शर्माले संबिधानसभा सदस्यसमेत रहेका कार्कीको उपचारमा आर्थिक अभाव भईरहेको जानकारी पाएर सहयोग गरेको बताएका छन् । कार्यक्रममा कांग्रेस मोरङ सभापति लिम्बुले सहयोग रकम उपचाररत कार्कीसमक्ष तत्काल पुर्याईने जानकारी दिएका छन् ।

    सहयोग संकलनका लागि संबिधानसभा सदस्यसमेत रहेका लिम्बुले मुख्य भूमिका निर्वाह गरेका थिए । उनीसँगै ललितपुर कांग्रेसका जिल्ला सभापति मदनबहादुर आमात्य, धनकुटाका निवर्तमान जिल्ला सभापति मनोहरनारायण श्रेष्ठ, कञ्चनपुरका निवर्तमान जिल्ला सभापति बहादुर सिंह थापा लगायतले पहल गरेका थिए ।

    प्रतिनिधिसभा निर्वाचनका क्रममा उदयपुरको दनुवारबेसीमा अज्ञात समुहले कार्की सवार गाडीमा बम बिस्फोट गराउँदा उनीसहित करिव आधा दर्जन घाईते भएका थिए । घाईते कार्कीको राजधानीको शिक्षण अस्पतालमा उपचार भईरहेको छ ।

    पार्टी अभियानका क्रममा घाईते भएतापनि कार्कीको उपचारका लागि पार्टीको केन्द्रिय नेतृत्वले वेवास्ता गरेको कांग्रेस कार्यकर्ताहरुले गुनासो गरेका छन् ।

    नोबेल अस्पताल सञ्चालक डा.शर्माले केहिदिन अघि मोरङको सुन्दरहरैचाकी क्यान्सरपीडित नन्दकुमारी मगरको उपचारका लागि पनि एक लाख सहयोग गरेका थिए ।

    उनले बिपन्न विरामीको उपचारार्थ नियमित सहयोग गर्दै आएका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…