• काठमाडौं । नेपाल प्रहरीको आईजीपीमा सर्वेन्द्र खनाल नियुक्त भएका छन् । मंगलबार दोस्रोपटक बालुवाटारमा बेलुकी साँझ बसेको मन्त्रिपरिषद बैठकले डिआईजी खनाललाई आईजीपीमा नियुक्त गरेको हो ।

    नेपाल प्रहरीका आईजीपी प्रकाश अर्यालले चैत २८ गतेबाट ३० वर्षे उमेरहदका कारण नियमित अवकाश पाउने भएपछि नेपाल प्रहरीमा नयाँ नेतृत्व चयन गरिएको हो । 

    को हुन् सर्वेन्द्र खनाल ?

    सर्वेन्द्र खनाल २०४६ माघमा प्रहरी निरीक्षकमा भर्ना भएका थिए । आफ्नो ब्याचमेटहरुमा एसएसपीबाट डिआईजीमा बढुवा हुँदा खनाल एक नम्बरमा बढुवा भएका हुन् । ‘सेलिब्रेटी अफिसर’को रुपमा चिनिएका खनाल २०७२ मा महानगरीय अपराध महाशाखको प्रमुख थिए । अपराध महाशाखाको प्रमुख हुँदा २०७२ भदौ ३ गते उनले गुण्डा नाईके कुमार ‘घैंटे’को इन्काउन्टर गरेका थिए ।

    नेपाली फुटबलको ओरालो यात्रामा ब्रेक लगाउन खनालको ठूलो योगदान रहेको छ । अपराध महाशाखा प्रमुख हुँदा ‘म्याच फिक्सिङ प्रकरण’मा अनुसन्धान गरेका खनालले २०७२ असोज २७ गते तत्कालिन राष्ट्रिय टिमका कप्तान सागर थापासहित ५ खेलाडीलाई नियन्त्रणमा लिएर मुद्दा चलाएका थिए । प्रहरीले लिएको भिडियो बयानमा उनीहरुले म्याच फिक्सिङ स्विकार गरेका थिए ।  त्यसपछि संगठनभित्र मात्रै नभएर समाजमा पनि खनाल सेलिब्रेटी अफिसरको रुपमा चिनिएका थिए । 

    देशको प्रतिनिधित्व गर्दै विदेशमा राष्ट्रिय झण्डा बोकेर खेल्नेहरुले राष्ट्रघात गरेको भन्दै खनालले राष्ट्रिय टिमका कप्तान सागर थापा, विकास क्षेत्री सन्दिप राई, रितेश थापा र अन्जन क्षेत्रीलाई कारवाहीको दायरामा ल्याएका थिए ।  स्टार खेलाडीलाई कारवाहीको दायरामा ल्याएसँगै करिब २३ बर्षपछि नेपालले अन्तर्राष्ट्रिय खेल जितेको थियो । 

    नयाँ संविधान निर्माणपछि भारतीय नाकाबन्दीको फाइदा उठाउँदै कालोबजारी गर्ने कार्यमा सहयोग गर्ने सह–सचिव तथा नापतौल विभागका प्रमुख रामआधार शाहलाई उनले हत्कडी लगाएका थिए । त्यहिबाट रिमोट कन्ट्रोल जडान गरेर उपत्यकामा ठगी गर्र्दै आएका पेट्रोलपम्प सञ्चालकहरुलाई खनालले कानुनी दायरीमा ल्याएका थिए । 

    अपराध महाशाखाको नेतृत्व सम्हालेको एक सातामै खनालले जमिम शाह हत्याकाण्डमा संलग्न पूर्व–डिएसपी जगदिश चन्दलाई नियन्त्रणमा लिएका थिए । २०६६ सालमा लाजिम्पाजमा शाहको गोली प्रहारबाट हत्या भएको थियो । 

    तराईमा बस्दा विभिन्न भूमिगत समूहहरुको गतिविधि नियन्त्रण गरेका खनालले दर्जनबढी नक्कली इन्जिनियरलाई पक्राउ गरेर कारवाही गरेका थिए । जनकपुर,  पर्सालगायतका स्थानमा बस्दा त्यहाँका भूमिगत समुहविरुद्व उनले विशेष अपरेशन सञ्चालन गरेको  थिए । 

    उपत्यकाको अपराध श्रृङ्खलामा ललितपुरको बडिखेलमा भएको ‘बडीखेल हत्याकाण्ड’ निकै चर्चित मानिन्छ ।  एउटै परिवारका ५ जनाको विभत्स ढंगले भएको हत्या काण्डकाको खनालले नै पर्दाफास गरेका थिए । २०६० सालमा एउटै परिवारको पाँच जनाको ज्यान लिने चन्द्रबहादुर पहरीलाई खनालले करिब १२ बर्षपछि पक्राउ गरेका थिए । 

    काठमाडौंमा बस्दा खनालले अवैध कन्सल्टेन्सीमा छापा हानेर उनीहरुलाई कारवाहीको दायरामा समेत ल्याएका थिए ।  

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…