• नयाँ दिल्ली । राष्ट्रिय जनता पार्टी नेपालका दुई शीर्षस्थ नेता स्वास्थ्य उपचारका लागि दिल्ली पुगेका छन् । राजपा नेपालका अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर र सदस्य महेन्द्र राय यादव दिल्ली आइपुगेका हुन् ।

    यादव सोमबार नै दिल्ली आइपुगेका हुन भने र ठाकुर मंगलबार दिउँसो । ठाकुरलाई विमानस्थलमा राजपा पार्टीनिकट विद्यार्थी युनियनका प्रतिनिधीहरुले स्वागत गरेका थिए ।

    ठाकुरको बुधबारदेखि हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार शुरु गरिने पार्टी प्रवक्ता कृष्णा सिंह (राजपूत)ले जानकारी दिए । नेता ठाकुरको मुटुमा समस्या देखिएपछि सन् २०१६ जनबरीमा हरियाणास्थित मेदान्ता अस्पतालमा उपचार गराइएको थियो ।

    मुटुको चाल सन्तुलित बनाउन सर्जरी गरेर पेस मेकर जडान गरिएको थियो । त्यसको चार महिनापछि उनी फलोअपका लागि मेदान्ता आएका थिए । मधेस आन्दोलन र निर्वाचन लगायत राजनीतिक व्यस्तताका कारण त्यसयता उनले चेकजाँच गराउन पाएका थिएनन् । ‘दुइ वर्ष हुन लागिसक्यो, उहाँ फलोअपमा आउन पाउनु भएको थिए,’ सिंहले भने ।

    प्रधानमन्त्री केपी शर्मा ओली तीनदिने राजकीय भ्रमण सकेर काठमाडौं फर्केको दुइ दिन भित्र राजपाकाका दुई नेता उपचारकालागि दिल्ली आइपुगेका छन् । यो संयोग हो कि पूर्वयोजना भन्ने जिज्ञासामा प्रवक्ता सिंहले भने, ‘उहाँको चेकजाँच गराउने योजना प्रधानमन्त्रीको भ्रमणभन्दा अघिदेखि कै हो । बरु प्रमको भ्रमण भएका कारण उहाँको समयपछि सारिएको हो ।’

    प्रधानमन्त्रप्रधानमन्त्रीको भ्रमणलगत्तै भएको दुई नेताको दिल्ली आगमनले राजनीतिक वृत्तमा चासो बढाएको छ । ठाकुर दिल्ली आएलगत्तै भारतीय राजनीतिज्ञहरुले उनको हालचालबारे खबर लिएको बुझिएको छ ।

    तर आधिकारिक रुपमा कसकसले उनको स्वास्थ्य अवस्थाबारे सोधपुछ गरेको प्रवक्ता सिंहले बताउन चाहेनन् । उपचारपछि भारतीय नेताहरुसँग भेटघाट हुन सक्ने कुरामा भने उनले सही थापे । ुस्वभाविक रुपमा उहाँ आएपछि भारतीय राजनीतिज्ञहरुसँग भेटघाट हुन्छ नैु, उनले अन्नपूर्णलाई भने ।

    अर्का नेता यादब भने सोमबार नै दिल्ली आइपुगेका हुन् । यादवले भने मंगलबार नै मेदान्ता अस्पतालको ओपिडी सेवामा चेकजाँच सुरु गरिसकेका छन् । उनले मंगलबार नै मुटुरोग तथा पेसमेकर विशेषज्ञ डा। कार्तिक भार्गवसँग चेकजाँच गराएको अस्पताल श्रोतले जनाएको छ ।

    भारतले मधेसको मुद्दालाई छाडिसकेको भन्ने अडकलबाजी भइरहेको समयमा दुई नेताद्धयको दिल्ली आगमनले चासो बढाएको छ । उपचारका क्रममा दुवै नेता एक सातासम्म दिल्ली बस्न सक्ने बुझिएको छ । नेता ठाकुरसँगै मधेसी महिला नेतृ चन्दा चौधरी पनि सँगै छिन् ।

    प्रधानमन्त्रीको भ्रमणका समयमा मधेस मुद्दाका विषयमा भारतीय प्रधानमन्त्री मोदीले मधेसबारेमा चासो राखेका थिए । त्यसको प्रत्युत्तरमा नेपालका प्रधानमन्त्री ओलीले मधेसको समस्या समाधान भइसक्यो भन्ने प्रतिक्रिया दिएका थिए । त्यसपछि यस विषयमा थप चर्चा नभएको बुझिएको छ । (अन्नपूर्ण पोष्ट दैनिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…