• काठमाडौं । देशको राजनीतिमा युवाहरुले अवसर नपाइरहेका बेला ठुला पार्टीका युवा संगठनहरु समेत ‘बुढा’हरुको कब्जामा पर्ने सम्भावना बढ्दै गएको छ ।

    देशको सबैभन्दा ठुलो पार्टी नेकपा (एमाले)को भातृ संगठन युवा संघ नेपालमा पनि त्यस्तै समस्या देखिएको छ । संगठनमा करिब ६ वर्षपछि नेतृत्व हस्तान्तरणको प्रक्रिया सुरु भएको छ । तर, ४५ वर्ष उमेर पुगेका नेताहरुले अझै युवा संघ छाड्ने छाँट देखिएको छैन ।

    संघमा विद्रोहको तयारी भएपछि नेतृत्वको परिवर्तनको गृहकार्य सुरु भएको छ । नयाँ महाधिबेशन कमिटी गठनका लागि २ गते सचिवालय तथा ३ र ४ गते केन्द्रीय कमिटीको पूर्ण बैठक बोलाइएको छ । गत साता बसेको पदाधिकारी बैठकले यस्तो निर्णय गरेको हो ।

    संघका अध्यक्ष राजीव पहारी प्रदेश सांसद भएपछि संघमा नेतृत्व परिवर्तन हुन लागेको छ । नयाँ नेतृत्वका लागि युवा संघमा दौडधुप सुरु भइसकेको छ । सकेसम्म सहमित र नत्र केन्द्रीय समितिको चुनावबाट नयाँ नेतृत्व चयनको प्रयास भइरहेको छ ।

    संघको अध्यक्षका लागि रमेश पौडेल आकांक्षी देखिएका छन् । उनको नाममा सहमति हुने सम्भावना देखिएको छ । सचिवहरु माधव बाँस्तोला र नरेश शाहीले पनि नेतृत्वका लागि लबिङ गरिरहेका छन् । पौडेललाई संघका पूर्व अध्यक्ष महेश बस्नेतले समेत साथ दिएको बताइन्छ ।

    अध्यक्षका प्रमुख दाबेदार मानिएका किरण पौडेलको भने अब एकता महाधिबेशनबाटै नेतृत्वमा जाने मनसाय छ । संघमा लामो समयदेखि अधिवेशन नहुँदा युवा नेताहरुको करिअर चौपट भएको छ ।  समयमा नेतृत्व विकास नहुँदा पार्टीले नै ठूलो क्षति बेहोरेको छ ।

    युवा संघका धेरै नेताहरु प्रदेश सांसद तथा स्थानीय तहमा निर्वाचित भएका छन् । उनीहरुमध्ये कतिपयले अझै संगठनबाट बिदा लिन चासो दिएका छैनन् ।

    जसकारण युवा संघको पुनर्संरचना पनि अन्योलमा परेको छ । युवा संघका ढिलै भएपनि युवा संघमा पुनर्संरचना हुन लागेपनि नेतृत्व माथिल्ला पदमा पुग्नका लागि युवा संघका नेताहरुको दौडधुप चलिरहेको छ ।
    उता एमालेको अर्काे संगठन अनेरास्ववियुमा पुनर्गठनको तयारी भइरहेको छ ।

    अनेरास्ववियुकी अध्यक्ष नवीना लामा सांसद भएपछि उनले नेतृत्व हस्तान्तरण गर्न लागेकी हुन् । उनको बिदाईपछि महासचिव ऐन महरले अध्यक्षमा दाबी गरेका छन् । उपाध्यक्षहरुले पनि नेतृत्वका लागि दाबी गरेका छन् ।

    सचिवमध्ये सबैभन्दा धेरै मत ल्याएका समिक बडालले महासचिवमा दाबी गरेका छन् । बैशाख ९ गते अगाडि नै केन्द्रीय समितिको बैठक बोलाएर अनेरास्ववियु पुनर्गठनको तयारी भएको छ । दृष्टिबाट । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…