• मेचीनगर । झापामा रगत अभाव भइरहेको अवस्थामा मेचीनगरमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । 
    सचेतना समूह मेचीनगरको आयोजनामा एभरेष्ट बोडिङ स्कुल मेचीनगर ८ इटाभट्टामा रक्तदान कार्यक्रम गरिएको हो । 


    नेपाल रेडक्रस सोसाइटी झापाको प्राविधिक सहयोगमा सम्पन्न रक्तदानमा ५ जना महिला सहित ४५ जनाले रक्तदान गरेका थिए । 
    समूहका अध्यक्ष बालकृष्ण ढुङ्गानको सभापतित्व तथा मेचीनगर रेडक्रस सोसाइटी उपशाखाकी सभापति कुसुम कोइरालाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मेचीनगर ७ का वडा अध्यक्ष चन्दन मेचे, मेचीनगर ८ का वडा अध्यक्ष विकेन्द्र धिमाल, वडा नम्बर ५ का वडा अध्यक्ष योगेन थापा, नेपाली कांग्रेसका क्षेत्रीय सचिव हरि बुढाथोकी, खड्ग धिमाल, एभरेष्ट बोडिङ स्कुलका प्रिन्सिपल बिनोद बुढाथोकी, वडा नम्बर ७ का वडा सदस्य तिलक खड्का लगायतले बोलेका थिए । महासचिव राजिप गिरीले स्वागत तथा कार्यक्रमको चौचित्य माथि प्रकाश पारेका थिए भने सचिव राम मगरले सञ्चालन गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…