• देबु बानियाँ

    दैलेख । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले दैलेखका युवाहरुलाई सशक्त ढंगबाट समाजमा सकारात्मक रुपान्तरणका लागि क्रियाशील हुन आग्रह गर्नु भएको छ । 
     पश्चिम जिल्लाका जेसीज शाखाहरुको भ्रमणका क्रममा बुधवार दैलख जेसीजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि बस्यालले प्रचुर सम्भावना बोकेका दैलेखका युवाहरुलाई जेसीजको माध्यमबाट क्षमता अभिबृद्धि सँगसँगै सकारात्मक रुपान्तरणको बाटोमा लाग्नका निम्ति आवहान गर्नु भएको हो । 


    उहाँले युवाहरुको नेतृत्व तथा व्यक्तित्व विकास गर्ने बताउनु हुँदै जेसीजमा लाग्न बञ्चित आम दैलेखबासी युवाहरुलाई जेसीजमा लाग्न आग्रह गर्नु भएको हो । 
    ‘जसले जेसीजप्रति आस्था राख्नु हुन्छ, उहाँहरुको समाजमा नेतृत्व विकास हुन्छ’ राष्ट्रिय अध्यक्ष बस्यालले भन्नुभयो–‘तपाईहरु जेसीजलाई माया गर्नुहोस जेसीजले तपाईहरुलाई साथ दिनेछ ।’
    उहाँले नेपाल जेसीजले वर्ष २०१८ का लागि सुरु गरेको हामी चम्कने अभियानलाई सार्थक बनाउनका लागि पनि दैलखका जेसीज युवाहरुको महत्वपूर्ण भूमिका रहने स्पष्ट पार्नु भयो । 


    दैेलेख जेसीज शाखाका अध्यक्ष चेतनकुमार विष्टको अध्यक्षतामा भएको कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी,  राष्ट्रिय जेसीज महिला संयोजक एकता बस्नेत, पूर्व अध्यक्षहरु भक्तिकिशोर श्रेष्ठ, शैलष श्रेष्ठलगायतले बोलेका थिए ।  निर्वतमान अध्यक्ष विनोद श्रेष्ठले स्वागत गरेको कार्यक्रमको सञ्चालन उपाध्यक्ष भरतराज अधिकारीले गरेका थिए । दैलेख जेसीज इ.सं. १९९७ सालमा स्थापना भएको हो । 
    यसैगरी, सुर्खेत लेडी जेसीज वीरेन्द्रनगर सुर्खेतले पनि मंगलवार अध्यक्ष बस्याललाई स्वागत तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…