• धुलाबारी, चैत २८ । ‘स्थानीयस्तरमा सामाजिक तथा आर्थिक विकास’ क्षेत्रमा मेची उद्योग वाणिज्य संघले देशभरिबाट प्रथम पुरस्कार प्राप्त गर्न सफल भएको छ ।

    नेपाल उद्योग वाणिज्य महासंघको ५२औँ वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवस २०७४ का अवसरमा संघले उल्लेखित विधामा देशभरबाट उत्कृष्ट कार्यसम्पादन गरेबापत प्रथम स्थान हासिल गर्दै कदर स्वरुप सम्मानपत्र प्राप्त गरेको हो ।

    प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा काठमाडौँमा सम्पन्न महासंघको ५२औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा उक्त सम्मान प्रदान गरिएको हो । महासंघले विगत केही वर्षदेखि वार्षिक साधारणसभा तथा उद्योग वाणिज्य दिवसको अवसरमा आप्mना सदस्य संघ÷संस्थाहरु जिल्ला÷नगरस्तरीय उद्योग वाणिज्य संघहरु, वस्तुगत संघहरु एवम् द्विराष्ट्रिय उद्योग वाणिज्य संघहरुलाई कदर÷सम्मान प्रदान गर्दै आएको छ । यसरी कदर÷सम्मान प्रदान गर्दा संघहरुले सम्पन्न गरेका कार्यक्रम तथा गतिविधिमध्ये कार्यक्रमका विभिन्न ६ वटा विधामा क्षेत्रगत वर्गीकरण गरिएको छ ।

    जसमध्ये मेची उद्योग वाणिज्य संघले ‘स्थानीय स्तरमा सामाजिक तथा आर्थिक विकास’ विधाअन्तर्गत मेचीनगरमा मेचीनगर नगरपालिका र आम्दा नेपालसँगको सहकार्यमा सार्वजनिक निजी साझेदारी अवधारणाअन्तर्गत निर्माण भई सञ्चालनमा ल्याइएको ‘आम्दा मेची अस्पताल’ सम्बन्धमा तयार गरिएको ‘केश अफ स्टडी’ ले देशभरबाट प्रथम स्थान हासिल गरी सम्मानपत्र प्राप्त गर्न सफल भएको हो ।

    महासंघको ५२औँ वार्षिक साधारणसभा उद्घाटनका अवसरमा प्रधानमन्त्री ओलीबाट उक्त सम्मान संघका उपाध्यक्ष ९उद्योग० ध्रुव कनालले ग्रहण गरेका थिए । ०५४ सालमा स्थापित संघले स्थापनादेखि हालसम्म विभिन्न विधामा देशभरबाट सर्वोत्कृष्ट स्थान हासिल गर्दै सम्मानित भएको यो चौथो अवसर भएको संघका कार्यकारी निर्देशक गोपाल बस्नेतले बताए । उक्त विधाअन्तर्गत देशभरबाट उद्योग वाणिज्य संघ, चितवन र रत्ननगर उद्योग वाणिज्य संघले क्रमशः दोस्रो तथा तेस्रो स्थान हासिल गर्न सफल भएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…