• काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगीहरुलाई विदेश निर्यात गर्ने सामानको उत्पादन शुरु गर्न आग्रह गरेका छन् । उनले यस्ता सामानको उद्योग खोल्नका लागि सरकारले आवश्यक नीतिगत व्यवस्था गर्ने पनि आश्वासन दिएका छन् ।

    उद्योग वाणिज्य महासंघको ५२ औं वार्षिक साधारणसभाको कार्यक्रममा बोल्दै ओलीले अब देशबाट निर्यात गर्ने सामानको उत्पादन ठूलो मात्रामा बढाउनुपर्ने बताएका छन् । उनले भने ‘रेल देशमा आउँदा भरी,जाँदा रित्तै नहोस्, जाँदा पनि भरी नै पठाउने हो, त्यसैले अब बाहिर पठाउने सामानको उत्पादन बढाउनुहोस् ।’

    शमा सञ्चालित उद्योगधन्दामा आधुनिक खालका मेसि नहरु जडान गरेर उत्पादन बढाउनु पर्ने प्रधानमन्त्री ओलीको सुझाव छ । अहिले अन्य देशमा थोत्रा भएका मेसिन ल्याएर नेपालका उद्योगीहरुले उत्पादन गरिरहेकाले विश्व बजारमा प्रतिस्पर्धा गर्न नसकिएको उनको भनाइ छ ।

    कृषि र उद्योग दुवै क्षेत्रले आधुनिक प्रविधिको प्रयोग गरेर उत्पादन बढाउन सक्ने उनको भनाई छ । अहिले देशको व्यापार घाटाको अवस्था कहालिलाग्दो रहेको भन्दै उनले भने ‘के को व्यापार घाटा ? निर्यात पनि गर्ने भएको भए पो व्यापार घाटा त, यो किनेको मात्रै होे ।’साथै उनले देशबाट विदेशमा बेच्न लग्ने सामानको उत्पादन नै नभएको दावी गरे । देशमा राजनीतिक स्थायित्व कायम भइसकेकाले अब देश आर्थिक समृद्धिको दिशामा बढ्ने अघि बढ्ने उनको भनाइ छ ।

    अहिले देश अति गरिब भन्दा पनि तल रहेको तर अबको ३ वर्षमा विकासशील राष्ट्रको सूचिमा पार्ने उनको दावी छ ।

    ओलीले भने ‘विश्व आर्थिक मन्दीले हामीलाई छोएन, किनकी हामीमा पछौटेपन छ, विश्व बजारसँग सम्पर्कमा नै नरहेकाले यहाँका कैयन मानिसलाई आर्थिक मन्दीले नै छुदैन ।’

    प्रधानमन्त्रीले देशमा रहेका विभिन्न विमानस्थलको विस्तारसँगै रातीमा पनि उडान भर्न मिल्ने गराउन लागेको जानकारी गराएका छन् । अहिले भैरहवा र पोखरा विमानस्थललाई विस्तार गर्न लागिएको छ तर यी आयोजनाको काम भने सुस्त गतिमा अघि बढेको छ ।

    उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले उद्योग सञ्चालनका क्रममा विभिन्न सरकारी निकाय धाउनुपर्ने बाध्यता रहेकोले एकद्वार प्रणाली लागु गर्नुपर्ने बताएकी छन् । बैंकको ब्याजदर तल माथि भइरहँदा उद्योगीहरुलाई मार परेकाले ब्याजदरमा सुनिश्चितता कायम गर्न समेत आग्रह गरेकी छन् ।

    उनले सरकारले हालै सरकारी बिदा कटौती गरेकोमा भने खुसी ब्यक्त गरिन् । ‘हामीले वर्षौं अघिदेखि भन्दै आएका थियौ, सरकारले सार्वजनिक बिदा कटौती गरेको छ यसबाट हामी उद्योगीहरु खुसी भएका छौं ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…