• दमक,२७ चैत र दमक जेसीजले नयाँ वर्ष –२०७५ को अवसर पारेर आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । जेसीज सचिवालयमा एक कार्यक्रम गरि जेसीजले नव वर्षको शुभकामना आदनप्रदान गर्नुका साथै क्यालेण्डर लोकापर्ण गरेको हो ।
    दमक नगरपालिकाका उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यतामा आयोजित सो कार्यक्रममा सहभागिहरुले नयाँ वर्ष–२०७५ को एकआपसमा शुभकामना साटासाट गरेका थिए ।

    प्रमुख अतिथि अधिकारी, कमल नगर जेसीजका अध्यक्ष केदार कटुवाल, दमक उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र ढकाल, दमक जेसीजका संस्थापक सदस्य शान्तिराम ढकाल,होटल व्यवसायी संघ क्षेत्रीय समितिका अध्यक्ष राजन दंगाललगायतले नयाँ बर्षका शुभकामना राखेका थिए ।
    दमक जेसीजका अध्यक्ष चन्द्र खत्रीको अध्यक्षतामा भएको सो कार्यक्रममा दमक जेसीजका पूर्व अध्यक्षहरु पदम कोइराला,गञ्जबहादुर दाहाल, रेगिना भट्टराई, गोविन्द कट्टेल, आरवी थापा, विभिन्न संघसंस्था,जेसीज सदस्यहरुको उल्लेखीय उपस्थिति रहेको थियो । कार्यक्रममा कार्यक्रम संयोजक विनोद मिश्रले स्वागत मन्तव्य राखेका थिए भने सञ्चालन महासचिव गोपाल गुरागाईले गरेका थिए ।

                                  क्यालेण्डर लोकापर्ण
    दमक जेसीजले नयाँ वर्ष –२०७५ को उपलक्ष्यमा क्यालेण्डर प्रकाशन गरेको छ । जेसीज गतिविधिहरुलाई समेटेर सूचनामूलक क्यालेण्डर प्रकाशित गरिएको दमक जेसीजका अध्यक्ष खत्रीले वताए । सो क्यालेण्डरको दमक नगर उपप्रमुख अधिकारीले सार्वजनिक गरेकी थिइन् । केहि बर्ष यता दमक जेसीजले क्यालेण्डर प्रकाशन गरेका थिएन् । अध्यक्ष खत्रीले दमक जेसीजलाई आम जनमानससम्म स्थापित गराउन उद्देश्यले क्यालेण्डरलाई पूनः प्रकाशित गरिएको बताए । प्रकाशित क्यालेण्डरमा दमक जेसीजको अभिलेखीकरण गर्नुका साथै दमकका महत्वपूर्ण क्षेत्रलाई समावेश गरिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…