• २०७४ चैत्र २९ बिहीवार

    काठमाडौँ — हेटौडा स्थायी घर भएकी २२ वर्षीया शृङ्खला खतिवडा यस वर्षकी मिस नेपाल घोषित भएकी छिन्।  हिडन ट्रेडरले बुधबार साँझ काठमाडौंमा आयोजना गरेको २३ औं संस्करणको मिस नेपाल– २०१८ को उपाधि श्रृंखला हेटौंडाकी २२ वर्षीया खतिवडाले जितेकी हुन् ।

    ग्रान्ड फिनालेमा २० देखि २४ वर्ष उमेर समूहका २५ जना प्रतिस्पर्धी थिए।

    ग्रान्ड फिनालेमा गोरखाकी मनिता देवकोटाले मिस नेपाल युनिभर्स, काठमाडौंकी प्रिया सिग्देल मिस नेपाल अर्थ, काठमाडौंकै २२ वर्षीया रोनाली अमात्य मिस नेपाल इन्टरनेसनल घोषित भए।

    प्रतिस्पर्धाका प्रमुख निर्णायक गोविन्द गजुरेलले सोधेको–‘समृद्ध नेपाल, सुखी नेपाली हुनका लागि ३ वटा काम के गर्नुपर्ला ?’

    यो प्रश्नको उत्कृष्ट जवाफ दिदै उनले ‘मिस नेपाल २०१८’को उपाधि जितेकी हुन् । उनले उपाधि जितेसँगै ‘मिस वल्र्ड’मा नेपालको प्रतिनिधित्व गर्ने अवसर समेत पाएकी छिन् । उनलाई ‘मिस नेपाल वल्र्ड’ निकिता चण्डकले क्राउन पहिराइदिएकी थिइन् ।

    प्रतियोगीतामा विभिन्न १२ विधामा टाइल अवार्ड पनि दिइएको थियो ?

    ब्यूटिफूल हेयरः श्रृङ्खला खतिवडा

    मिस फ्रेन्डसिपः साहारा लामा

    मिस फोटोजेनिकः महिमा सिंह

    मिस पक्चुअलः लक्ष्मी पौडेल

    मिस इन्टेलेक्चुअलः आश्मा ढुंगाना

    मिस बेष्ट ऐथ्लिटः मेघा श्रेष्ठ

    मिस कन्फिडेन्टः आस्था साख

    मिस फ्याशिनोः श्रृङ्खला खतिवडा

    मिस ग्ल्यामरः मनिता देवकोटा

    मिस पपुलर च्वाइसः सन्ध्या अधिकारी

    मिस ट्यालेन्टः रोनाली अमात्य

    ब्यूटी विथ द प्रपोजः प्रिया सिग्देल

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…