• २०७४ चैत्र २९ बिहीवार

    काठमाडौ – मंगलबार डिआइजी सर्वेन्द्र खनाललाई प्रहरी प्रमुखमा नियुक्ति गरेलगत्तै डिआइजी रमेश खरेलले बुधबार राजीनामा पत्र बुझाएका थिए। आजै गृहमन्त्रालयले उनको राजीनामा स्वीकृत गरेको हो।

    खरेल २०४५ सालमा भलिबल खेलाडीको रूपमा नेपाल प्रहरीमा भर्ना भएका थिए। खरेल नवनियुक्त आइजी सर्वेन्द्र खनाल र डिआइजी पुष्कर कार्कीसँगै २०४६ साल माघ २९ गते सगै निरीक्षकको परीक्षा उत्तिर्ण गरी प्रहरी निरिक्षक भएका थिए।

    उनले राजिनामा दिनु अघि भनेका थिए प्रहरी सेवामा आएदेखि भावी महानिरीक्षकका रुपमा उभ्याएको ब्यक्तिलाई सरकारले अन्याय गरेको बताए।

    ‘डे वनदेखि प्रहरी संगठनको निष्ठा र जनताको विश्वासमा रहेर काम गरियो, अहिलेको निर्णयले मनमा चोट पुगेको छ, चोट र तनाबमा म काम गर्न सक्दिनँ’, खरेलले भने।

    नेपाल प्रहरीमा २०४५ फागुन १ मा सेवा प्रवेश गरेका खरेल संगठनमा आफ्नो निष्ठा, इमान्दारिता र स्पष्ट वक्ताका रुपमा लोकप्रिय अधिकारी हुन्। डिएसपी बढुवादेखि एसएसपी बढुवासम्म निरन्तर एक नम्बरमा रहेका खरेल डिआईजी बढुवामा दोस्रो भएका थिए।

    साे बढुवामा सर्वेन्द्र खनाल पहिलाे बन्न सफल भएका थिए। डिआईजी बढुवाकाे समयमा उनी राष्ट्रसंघीय मिसनका लागि डार्फरमा थिए। अाफू विदेशमा भएकाे बेला चलखेल गरी दाेस्राे बनाइएकाे गुनासाे खरेलले गर्दै अाएका थिए।

    पूर्ववर्ती देउवा सरकारले गरेको उक्त बढुवा ‘त्रृटिपूर्ण’ भन्दै अाएका उनी महानिरीक्षक चयनमा ‘सच्चिने’ अपेक्षामा थिए। ‘मंगलबारकाे मन्त्रिपरिषद निर्णय अकल्पनिय’ रहेकाे उनकाे भनाइ छ।

    ‘संगठन सञ्चालनबारे मेरो स्पष्ट मार्गदर्शन र सिद्धान्त छ।

    खुराफातीहरुको समूहमा बसेर म काम गर्न सक्दिनँ  डिआईजी खरेलले भने। काठमाडौं प्रहरी प्रमुखका भएर दुई पटक बसेका खरेल कास्की  सिरहा र पर्साका जनता माझ स्मरीण प्रहरी अधिकारी हुन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…