• काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाका उपाध्यक्षका उम्मेदवार पंकज नेम्वाङले बैशाख ६ गतेभित्रे एन्फाको निर्वाचन नभए नेपाली फुटबल नै संकटमा पर्ने बताएका छन् ।  
    बैशाख ६ गतेभित्रै निर्वाचन नभए फिफाले नेपाललाई कार्वाही गर्न सक्ने अवस्था भएकाले ठूलो दुर्घटना हुनबाट जोगाउन उनले जुनसुकै हालतमा भए पनि यहि मितिमा निर्वाचन गराउन आग्रह गरे । 
    लामो समयदेखि नेपाली फुटबलको विकासमा लागेका नेम्वाङले भने, ‘२०७० साल कार्तिक ७ गते कार्य समितिको निर्वाचन भएको हो, त्यो हिसाबले ४ वर्षे कार्यकाल गएको कार्तिक ६ मै सकिएको छ । परिस्थिति अनुसार ६ महिना थप्न पाउने व्यवस्था छ । त्यो समय पनि आउँदो बैशाख ६ गते सकिन्छ । यसैलृे पनि निर्वाचन अनिवार्य रुपमा गरेर नेपाली फुटबललाई बचाउँनु पर्छ ।’

    नेम्वाङले भोटिङ राइट पाउनु पर्छ भन्दै मकवानपुर र भक्तपुर जिल्लाले अदालतले निवेदन दिएकामा दुबै जिल्लाको निर्वाचन सम्पन्न भएको छ । अब निर्वाचन भएपछि सम्मानजनक तरिकाले अदालतमा दिएको निवेदन फिर्ता लिन पनि आग्रह गरेका छन् । 
    उनले भने, ‘ निर्वाचनको सबै पक्रिया पुरा भएको छ, फागुन २४ भित्र निर्वाचन प्रतिनिधि र डेलिगेट्सको नाम पठाउनु भनेर जिल्लालाई एन्फाले चिठी काटेकै हो प्रक्रिया पुकेका कारणले समयमा निर्वाचन गर्न जरुरी छ । नत्र फुटबल क्षेत्रले ठूलो दुर्घटना बेहोर्नु पर्छ ।’

    साथै देशको फुटबल संकटमा परेको बेला एन्फाका जिम्मेवारी व्यक्तिहरु यति बेला देश बाहिर रहेको नंम्बाङले बताए ।  फुटबल नै संकटमा परिरहेको अवस्थामा विदेश भ्रमणमा रहेर आफ्नो जिम्मेवारीबाट पन्छिएको समेत उनले आरोप लगाए । 

    पूर्व खेलाडी समेत नेम्वाङले केही व्यक्तिहरु एन्फालाई बिगार्न लागिपरेको भन्दै चुनाव नगराउने षडयन्त्र भइरहेको बताए । उनले भने, ‘केही व्यक्तिहरु एन्फामा परिवर्तन चाहँदैनन्, हामी परिवर्तनको पक्षमा छौँ । केही त्यस्ता तत्वहरु फुटबललाई धरासयी पार्न लागि परेका छन् । यसकारण नेपाली फुटबललाई बचाउन र एन्फा निर्वाचन गरी अगि बढ्न आग्रह गर्दछु ।’  उनले फुटबलमा परिवर्तन नचाहाने तत्वहरुलाई समयले आफै नंग्याउने समेत जिकिर गरे । 
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…