• देबु बानियाँ
    अछाम । जिल्लामा भएको छाउपडी प्रथा अन्त्य गर्ने अभियानमा अछाम जेसीजले अभियान सरु गरेको छ । देशकै विकाराल समस्यामा रहेको यो प्रथाको जिल्लाबाटै अन्त्य गर्ने अभियानमा अछाम जेसीजले यो वर्षदेखि अभियान सञ्चालन गरेको शाखा अध्यक्ष खेमराज ढुङ्गानाले बताए । अछाम जिल्लामा मात्र १० वर्षको अवधीमा १२ जना महिलाले यो प्रथाकै कारण ज्यान गुमाइसकेको अध्यक्ष ढुङ्गानाले जानकारी दिए । उनले प्रमाणित भएका यति भए पनि थाहा नपाएका अन्य धेरै भएका समेत बताए । 


    यसको अन्त्यका लागि यस शाखाले जिल्लाका २ वटा गाउँ पालिका र १ नगरपालिकाको सहकार्यमा अभियान सञ्ञ्चालन गरेको छ । 
     जसमा मङगलशेन नगरपालिका, रामारोसन गाउँपालिका र टुर्माखाँद गाउँपालिकासँग सहकार्य गरेर अभियान सञ्चालन गरेको र यसको आधिकारित सुरुवात बैशाख १० गतेबाट सुरु गर्ने अध्यक्ष ढुङ्गानाले बताए । उनका अनुसार जिल्लामा रहेका १० वटा स्थानीय निकाय मध्ये बाँकी रहेका ७ वटा गाउँ पालिकासँग समेत सहकार्य गरेर यो अभियानलाई सफल बनाउँदै यस प्रथाका अन्त्य गर्न जेसीज लागि पर्ने बताए । 


    नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष श्रीधर बस्यालले अछाम जिल्लामा रहेको यो समस्यालाई राष्ट्रिय जेसीजले पनि गम्भिरताका साथ लिएर अभियान सफल बनाउन शाखासँग सहकार्य गरेर अघि बढ्ने बताए । उनले यो प्रथाको अन्त्य गर्नका लागि अछाम शाखालाई शुभकामना दिँदै मानवताको सेवामा लाग्न आग्रह गरे । अध्यक्ष बस्यालले यस प्रथाको अन्त्य गर्न गाउँको गोठ हटाउनु भन्दा पनि मनभित्रको गोठ हटाउनु पर्ने कुरामा जोड दिए । 
    अछाम जेसीजले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मी, महिला संयोजक एकता जिसी महिला, पूर्व अध्यक्ष नवराज न्यौपाने, निवर्तमान अध्यक्ष टिकेन्द्र भण्डारीलगायतले छाउपडी प्रथाको अन्त्य गर्नका लागि सधैँ साथ र सहयोग रहने बताए । 
    शाखा अध्यक्ष खेमराज ढुङ्गानाको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत नरेशकुमार शाही र सञ्चालन महासचिव कृष्णप्रसाद भण्डारीले गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…