• देबु बानियाँ
    झापा । नेपाली कांग्रेसका जिल्ला सचिव लक्ष्मण खड्काको बिहिबार राति निधन भएको छ । उपचारका लागि दिल्लीको एपोलो अस्पतालमा पुर्याइएका खड्काको पुर्याएका खड्काको उपचारको क्रममा निधन भएको पार्टका जिल्ला सचिव प्रेम सम्बाहाम्फेले जानकारी दिए । विगत वर्षदेखि फोक्सोको समस्याबाट पीडित रहेका खड्का विर्तामोड नगरपालिका अनारमनी निवासी हुन् । 
    नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधि, क्षेत्रीय सदस्य, हुँदै जिल्ला सचिव भएका खड्का यस भन्दा अभिल्लो कार्यकालमा पनि जिल्ला सहसचिव हुन् । 
    २०५४ सालको स्थानीय निर्वाचनमा अनारमनी ८ बाट नेपाली कांग्रेसको तर्फबाट निर्वाचित वडा अध्यक्ष हुन् । पार्टीभित्र निडर स्वभाव, क्रियाशील, लगनशील, स्पष्ट बक्ता, कर्मठ र जुझारु नेताका रुपमा झापामा परिचित थिए । नेवि संघ, तरुण दलमा समेत रहेर विभिन्न जिम्मेवारी बहन गरेका खड्का सबैका लोकप्रिय नेताका रुपमा रहेका थिए । उनी गत मंसिरमा भएको प्रदेश सभाको निर्वाचनमा झापा क्षेत्र नम्बर २ क बाट उम्म्ेदवारका रुपमा रहेका थिए । विरामी भएको यो अवस्थामा समेत उनले आफ्नो जिम्मेवारीबाट पन्छिन नसकेका जिल्ला सचिव सम्बाहाम्फेले बताए । उनी पार्टीका हरेक गतिविधिमा सक्रिय सहभागि भएर जिल्लाको पार्टी सञ्चालनमा लागि पर्ने गरेको समेत सम्बाहाम्फेले बताए । 
    कांग्रेस नेता सुधिरकुमार सिवाकोटीले खड्काको निधनले पार्टीलाई अपुरणीय क्षति पुगको बताए । 
    उनलाई शुक्रवार नेपाल ल्याइपर्याउने तयारी भइरहेको पारिवारिक स्रोतले बताएको छ । उनका एक श्रीमती, १ छोरा र २ छोरी छन् । 
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…