• देबु बानियाँ
    डोटी । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जेसिआई सिनेटर श्रीधर बस्यालले जेसीजले युवाहरुको माध्यमद्वारा नेतृत्व विकास र राष्ट्रको आर्थिक समृद्धिका लागि महत्वपुर्ण भूमिका खेलीरहेको बताउनु भएको छ । एरिया डि का शाखाहरुको भ्रमणको क्रममा बिहिबार डोटीमा डोटी शाखाले आयोजना गरेको स्वागत तथा सम्मान कार्यक्रममा बोल्दै जेसीज आफैमा नेतृत्व र व्यक्तित्व विकास गर्ने संस्था भएकाले यसले समाजका हरेक संघ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्न भएकोले नेतृत्व विकाससँगै आर्थिक समृद्धिको बाटोमा लाग्न आग्रह गर्नु भएको हो । 

     

     

     

     

     

     

     

     

     

     

     

     

    जेसीजले युवाहरुका व्यक्तिगत विकास गराई सक्षम, सफल, अनुशाशित र योग्य व्यक्ति बन्नलाई सहायक सिद्ध हुनुका साथै विश्वभरका जेसीज सदस्यहरुसँग सम्बन्धको विकास गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरसम्म व्यवसायको प्रभावलाई बढाउन मद्धत गरिरहेको बताउनु भयो । कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका बस्यालले देशलाई आर्थिक समृद्धिमा पु¥याउन ठुलो भुमिका खेलिरहेको बताउँदै  आफु, परिवार, समाज र देश परिवर्तन गर्न जेसीजमा लाग्न आग्रह गर्नु भयो । 
    नेपाल जेसीसका राष्ट्रिय उपाध्यक्ष टेकराज रेग्मीले जेसीज सदस्यहरुको व्यक्तित्व, व्यवसायिक र सामाजिक विकासका लागि स्थापित संस्था भएको स्पष्ट पार्दै युवाहरुको क्षमता र व्यवसायीक दक्षता अभिबृद्धि गर्ने बताउनु भयो । 
     डोटी जेसीसका बर्ष २०१८ का अध्यक्ष  हेमराज जोशीको सभापतित्वमा भएको कार्यक्रममा शाखाका निवर्तमान अध्यक्ष रघु कठायतले स्वागत गर्नु भएको थियो । वर्ष २०१८ का कानुनी सल्लाहकार गणेश खड्काले कार्यक्रम सञ्चालन गर्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…