• भद्रपुर । नेपाली युवतीलाई अवैध बाटोवाट भारत लैजादै गरेको अवस्थामा शसस्त्र प्रहरीले उद्धार गरेको छ भने घट्नामा संलग्न दुई युवक पक्राउ परेका छन् ।
    झापाको दक्षिणी क्षेत्र भद्रपुर ४ स्थित ज्ञानेचोक घर भएकी २४ बर्षीया युवतीलाई भारत लैजाने कचनकवल गाँउपालिका ७ का ३२ बर्षीय हर्कबहादुर लिम्बु र सोही ठाँउका २८ बर्षीय अम्मरबहादुर भुजेललाई सशस्त्र प्रहरीले पक्राउ गरेको जनाएको छ ।
    कचनकवल गाँउपालिका ७ स्थित पाठामारी नाकाबाट भारतको विहार राज्यस्थित किशनगञ्ज जिल्ला अन्तरगतको ठाकुरगञ्ज रेल्वे स्टेशन लैजाने नेपाली युवतीलाई उद्धार गर्दै भुजेल र लिम्बुलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय झापाका एसपी रमेश सुवेदीले जानकारी दिए ।
    मे ८ प ९९६ नम्बरको स्कुटरमा सवार युवतीसहित युवकद्धयलाई विशेष सुराकीको आधारमा सशस्त्र प्रहरीले विहीबार दिउँसो पक्राउ गरिएको एसपी सुवेदीले बताए । उद्धार गरिएकी युवतीको साथबाट नेपाली नागरिकता फेला परेको छ । उनलाई भद्रपुर ४ का दुर्गामाया गुरुङले पक्राउ परेका युवाको प्रयोग गरी भारतको दिल्ली पठाउनलाई ठाकुरगञ्ज सम्म पुर्याउने जिम्मा दिएको अनुसन्धानको क्रममा खुलेको उनले बताए । युवतीलाई दिल्लीबाट कुवेत पठाउने योजना बनाइएको बुझिएको छ । उद्धार गरिएकी युवतीसहित युवकद्धयलाई आवश्यक अनुसंन्धानका लागि नेपाल प्रहरीलाई जिम्मा लगाइसकेको प्रहरीले जनाएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…