• पर्सा। नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले नेताहरुको गुटउपगुटले नेपाली पार्टीलाई कमजोर बनाएको बताएकाछन्।

    नेपाल तरुण दल केन्द्रीय समितिले आज वीरगन्जमा आयोजना गरेको दुईदिने प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै उनले ठूला नेताहरुले आ–आफनो गुट उपगुट बनाएकै कारण तीनै तहको निर्वाचनमा पार्टीले हार व्यहार्नु परेको बताए।

    महामन्त्री डा कोइरालाले काँग्रेसले जनताका पक्षमा गरिएको राम्रा कामबारे जनतालाई बनाउन नसकेको र पार्टीभित्रको विवादले नै निर्वाचनमा पार्टीले हार व्यहोर्नु परेकाले चार वर्षपछि हुने निर्वाचनकालागि अहिलेदेखि नै तयारीमा लाग्न नेता कार्यकर्तालाई निर्देशन दिए।

    काँग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाँणले जातीय, धार्मिक, सांस्कृतिक, भौगोलिक विविधता रहेको नेपालमा सबैलाई मिलाएर हिँड्ने दक्षता वामपन्थीमा नरहेकाले वामपन्थीको सरकार लामो समय नटिक्ने दाबी गरे। रासस

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…