• काठमाडौं । अनुपमा खुँजेली मेगा बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओ नियुक्त भएकी छिन् । बैंकको बिहीबार बसेको सञ्चालक समितिको बैठकले २ वैशाखदेखि लागू हुने गरी खुँजेलीलाई सिइओ नियुक्त गरेको हो । क वर्गको वाणिज्य बैंककी सिइओ नियुक्त हुने खुँजेली पहिलो महिला हुन् ।

    सन् १९९१ मा स्ट्यान्डर्ड चार्टर्ड बैंक (तत्कालीन ग्रिन्डलेज बैंक)बाट करिअर सुरु गरेकी खुँजेली नबिल बैंक हुँदै मेगा बैंकमा पुगेकी थिइन् ।

    तत्कालीन सिइओ अनिल शाहले दुई कार्यकाल समाप्त गरी मेगा बैंक छाडेपछि सञ्चालक समितिले उनलाई २३ मंसिरदेखि लागू हुने गरी कामु सिइओमा नियुक्त गरेको थियो । त्यसको चार महिनापछि उनी पूर्ण सिइओमा नियुक्त भएकी हुन् ।

    यसैबीच माछापुच्छ्रे बैंकको प्रमुख कार्यकारी अधिकृत सिइओमा सुमन शर्मा नियुक्त भएका छन् । २८ चैतमा बसेको बैंक सञ्चालक समितिको बैठकले शर्मालाई सिइओमा नियुक्त गरेकोहो । २१ बर्षको बैंकिङ अनुभव भएका शर्माले नेपाल एसविआई बैंकबाट बैंकिङ सुरु गरेका थिए ।

    शर्माले एनएमबि बैंक र माछापुच्छ्रे बैंक हुँदै नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा ग्लोबल आइएमई बैंकमा काम गरेका थिए । माछापुच्छ्रे बैंकमा समेत करीब ३ वर्ष नायव प्रमुख कार्यकारी अधिकृतको रुपमा कार्य गरेका थिए ।

    नेदरल्याण्डबाट वित्त तथा लेखा विषयमा स्नातकोत्तर गरेका शर्माले भौतिक शास्त्र र अर्थशास्त्र विषयमा समेत स्नातकोत्तर गरेका छन् ।

    शर्मा महेन्द्र विद्याभुषण ; २०५४; महेन्द्र विद्याभुषण ;२०६२; तारापद चौधरी पदक जस्ता थुप्रै पदकबाट सम्मानित भएका छन् ।

     (नयाँ पत्रिका दैनिक)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…