• चार वर्ष अघि गायक जगत राईको ..मोहनी लगायौं तिम्ले... गीतको म्यूजिक भिडियो निर्देशन गरी निर्देशनमा डेब्यु गरेका सन्तोष राई कलाकारितामा सक्रिय छन् ।

    डेब्यु पश्चात् विनोद राई, शुवानी मोक्तान, भरत सुनार, नन्दु गुरुङ लगायतका गायक गायिकाहरुको म्यूजिक भिडियो निर्देशन गरिसकेका छन् । राई मोफसलमा रहेर कलाकारिताको साथसाथै पत्रकारितामा पनि गरिरहेका छन् । दर्जन बढी म्यूजिक भिडियो निर्देशन पश्चात् उनले सर्टमुभी निर्देशनमा पनि हात हालेका छन् । उनले हाल सोसल मिडियाप्रति युवाहरुको चासो अनि नकारात्मक कुराहरुलाई छोटो चलचित्र हाम्रो जी.एफ. मार्फत अगाडि ल्याउन कोसिस गरेका छन् । प्रस्तुत छ हाल पोष्ट प्रोडक्सनमा रहेको सर्टमुभी हाम्रो जी.एफ.को विषयमा निर्देशक राईसँग गरिएको संवाद –

    हाल के मा व्यस्त हुनुहुन्छ ?

    – पत्रकारितासँगै कला क्षेत्रमा काम गर्दै आइरहेको छु । म्यूजिक भिडियोको काम अनि एउटा नेपाली कथानक छोटो चलचित्र हाम्रो जी.एफ.को काममा व्यस्त छु ।

    पत्रकारितासँगै म्यूजिक भिडियो निर्देशन हुँदै छोटो चलचित्र निर्माणमा लाग्नुको कारण ?

    – त्यस्तो खास कारण त केही छैन । आफूलाई निरन्तर कर्ममा अघि बढाउने क्रममा केही कामहरु गर्दै अघि बढिरहेको छु । पत्रकारितामा पनि मेरो बिट कला मनोरञ्जन भएकोले सोही बिटसँग मिल्दोजुल्लो निर्देशन भएकोले म्यूजिक भिडियो हुँदै सर्टमुभीसम्म निर्देशन गर्ने जमर्काे गरेको हुँ ।  

    छोटो चलचित्र हाम्रो जी.एफ.ले के सन्देश दिन खोजेको छ ?

    – हाम्रो जी.एफ. सर्ट मुभिले विशेषतः टिनएज युवा युवतीलाई लक्षित गरेको छ । अनि यसको मूल सन्देश भनेको युवाहरु मायामा एकोहोरो हुँंदा आउने नकारात्मक कुराहरु र सोसल मिडियाले युवाहरुमा आउने तनावलाई उजागार गरिएको छ ।

    कहिले सम्ममा यो सर्ट मूभि सार्वजानिक हुन्छ ?

    – हाम्रो जी.एफ.को अहिले काठमाडौंमा अवस्थित माउन्ट एभरेष्ट इन्टरटेनमेन्टमा पोष्ट प्रोडक्सनको काम भइरहेको छ । नयाँ वर्ष या भनौ वैशाखमा सार्वजनिक हुनेछ ।

    भावी योजना के छन् ?

    – कलाकारितालाई उजागार गर्न मोफसलमा तालिम साथै साथै कलाकारहरु उत्पादन गर्ने । र, छिटै नेपाली कथानक चलचित्र निर्माण निर्देशन गर्ने सोचमा छु ।

    र अन्त्यमा... ?

    – पत्रकारितासँगै कलाकारितालाई अंगालेर अघि बढिरहेको छु । सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा जानकारी गराउन चाहन्छु यस पटक छोटो चलचित्र हाम्रो जी.एफ. लिएर आएको छु ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…