• कानेपोखरी÷ मध्य राति ५÷६ जनाको हुल ल्याएर  मोरङको कानेपोखरी स्वास्थ्य चौकीका ईन्चार्ज कामेश्वर अधिकारीलाई  दुब्र्यवहार गर्ने कानेपोखरी–२ का वडाध्यक्ष सुशील बुढाथोकीले बुधबार माफि मागेका छन् । 
        वडाध्यक्ष बुढाथोकीले गत शनिबार मध्य राति अधिकारीलाई मादक पदार्थ सेवन गरेको भन्दै लछार पछार पारेर स्थानीय प्रहरीको सहयोगमा इलाका प्रहरी कार्यालय पुर्याएर मापसे परीक्षण गराएका थिए । शनिवार विदाको दिन कर्मचारीको पनि नीजि जीवन हुने भन्दै स्वास्थ्यकर्मी कर्मचारीहरू एक जुट भएपछि वडाध्यक्ष बुढाथोकी शक्ति प्रदर्शनमा लागेका थिए । तर, कर्र्मचारीहरूले जनप्रतिनिधि भनेर जथाभावी गर्न नमिल्ने  भन्दै बिधिको शासन स्थापना गर्न कारवाहीकोे माग गरेपछि बुढाथोकी नरम भएका थिए । 
        यसअघि कानेपोखरी कांग्रेसका संयोजक योगेन्द्रप्रसाद दाहाल र सह संयोजक  मोहन कटुवालले  संयुक्त प्रेस विज्ञप्ति जारी गर्दै घटनाको भत्र्सना गरेका थिए । निवासमा विदाको दिन नीजि जीवन जिउने हरेक कर्मचारीलाई छुट भएको र प्रसुती गराउने ईन्चार्जको जिम्मा नरहेको अस्पताल स्रोतको भनाई छ ।कार्यालय प्रमुखको हैषियतले सम्पूर्ण ब्यजस्थापन अधिकारी कै हो ,तर प्रसुतीका लागि अलग्गै स्वास्थ्य प्राविधिकको ब्यवस्था भएको अवस्थामा अधिकारी माथि हात हाल्ने सम्मको हर्कत हुनु निन्दनीय हो ,स्थानीयले भनेका छन् । 
        वयरवन बजारमा रहेको स्वास्थ्य चौकीमा वडाध्यक्ष बुढाथोकी एक गर्भवती महिलाको उपचारका लागि शनिबार मध्यराति पुगेका थिए । 
         
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…