• देबु बानियाँ
    झापा । झापाको मेचीनगरमा आयोजित कार्यक्रमका बक्ताहरुले सामुदायिक विद्यालयमा गुणस्तीय शिक्षा दिन सकेमा विद्यार्थी आफैँ विद्यालय खोज्दै आउने बताएका छन् । 
    मेचीनगर नगर शिक्षा समितिले आयोजना गरेको विद्यार्थी भर्ना अभियान कार्यक्रम शैक्षिक सत्र २०७५ को सन्दर्भमा आयोजित शैक्षिक सरोकारवालाहरुसँग गरेको अन्रक्रिया कार्यक्रममा सहभागि बक्ताहरुले यस्तो बताएका हुन् । 
    यस वर्षको भर्ना अभियान बैशाख २ गतेबाट सुरु हुँदैछ । सामुदायिक विद्यालयमा कसरी विद्यार्थीको आकर्षण गराउन सकिन्छ भन्ने विषयमा नगर शिक्षा समितिले गोष्ठिको आयोजना गरेको थियो । 


    शिक्षा विभागले शैक्षिक सत्र २०७५ का लागि ‘हामी सबैको इच्छा, अनिवार्य निःशुल्क आधारभूत शिक्षा’ भन्ने नारा तय गरेको छ ।
    कार्यक्रममा बोल्दै नगर शिक्षा अधिकृति उद्धव विष्टले झिकाउने र बिकाउने शिक्षामा जोड दिनु पर्ने बताए । उनले पछिल्लो समय अभिभावकहरुमा नीजि विद्यालयको मोह बढिरहेको बेलामा सामुदायिक विद्यालयले यसलाई कसरी रोक्ने र विद्यार्थी सामुदायिक विद्यालयमा ल्याउने ? ल्याएका विद्यार्थीलाई सधैँ विद्यालयमा कसरी टिकाउने र टिकाएका विद्यार्थीलाई भविष्यमा कसरी बिकाउने ? यस तर्फ विद्यालय लाग्न जरुरी रहेको बताए । 
    उनले सरकारले सबै सेवा सुविधा दिएको र तालिम प्राप्त शिक्षकहरु भएको विद्यालयमा विद्यालय परिवारले मेहेनत गरेर गुणस्तरीय शिक्षा दिन जोड गरेमा विद्यार्थी स्वत आउने बताए । साथै विष्टले जुन बिद्यालयमा विद्यार्थी हुन्छन् त्यो विद्यालयमा शिक्षक दरबन्दी र भौतिक निर्माणमा शिक्षा समितिले कुनै कञ्जुसाई नगरी उपलब्ध गराउने समेत बताए । 
    मेचीनगर नगरपालिकाका प्रशासकिय अधिकृत पुरुषोत्तम सुवेदीले अहिलेसम्म शिक्षामा भएका राम्रा कुराहरुलाई अंगाल्दै अब कस्तो किसिमको शिक्षा लागु गर्न सकिन्छ भन्ने विषयमा योजना बनाएर अघि बढ्नु पर्ने बताए । 


    मेचीनगर १० का वडा अध्यक्ष सुदय पनेरुले सोचमा परिवर्तन आउनु पर्ने बताए । उनले सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षकहरुले नीजि वि विद्यालयमा लगानी गर्न थालेपछि सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरमा कमि आएको बताए । उनmले शिक्षकले आफ्ना नानीहरु नीजि विद्यालयमा अध्ययन गराए पनि गरिब अभिभावकका नानीहरुलाई आफ्नै नानीहरु सम्झेर राम्रो शिक्षा दिनु पर्ने बताए । 
    छलफल कार्यक्रममा मेचीनगरका मेचीनगर ११ का वडा अध्यक्ष सन्तोष मेचे, वडा नम्बर १३ का वडा अध्यक्ष कृष्ण सिग्दे, १४ का अध्यक्ष शंकर पोखरेल, बालकल्याण माविका मेचीनगर ५ का अध्यक्ष दिलिप सुब्बा, मेची विद्योदय निमाविका अध्यक्ष लालबहादुर थामी, बलभद्र निमाविका अध्यक्ष चन्द्र दास, सरस्वती बालकल्याणका अध्यक्ष सूर्यप्रकाश सापकोटा, आदर्श माविका अध्यक्ष रेवन्तराज पोखरेललगायतले सामुदायिक विद्यालय सुधारका लागि पहिले शिक्षक आफैले आफ्ना नानीहरुलाई आफ्नो विद्यालयमा ल्याउनु पर्ने कुरामा जोड दिए । उनीहरुले शैक्षिक गुणस्तरको कुरा गर्ने अनि आफ्ना नानीहरुलाई चाहिँ निजीमा पठाउने गर्नाले पनि विद्यार्थी संख्यामा बृद्धि हुन नसकेको बताएका थिए । 
    कार्यक्रममा मेचीनगर ४ का वडा अध्यक्ष नविन बराल, वडा नम्बर ६ का अध्यक्ष ललित तामाङ, वडा नम्बर ८ का अध्यक्ष विकेन्द्र धिमाल तथा स्रोत केन्द्रका सबै विद्यालयका प्रधानाध्यापक र अध्यक्षहरुको सहभागिता रहेको थियो । 
    बाहुनडाँगी स्रोत केन्द्रका  स्रोत व्यक्ति दीपेन्द्र कन्दङ्वाले स्वागत गरेको कार्यक्रमको सञ्चालन काँकरभिट्टा स्रोत केन्द्रका स्रोत व्यक्ति लोकबहादुर दाहालले गरेका थिए । 

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…