• अजुर्नधारा । अर्जुनधारा नगरपालिकाका प्रमुख हरि रानाले अर्जुनधारा जेसीजलाई दुव्र्यशनी तथा लागु औषध अन्त्य गर्ने अभियानमा लाग्न आग्रह गरेका छन् । 
    शुक्रवार अर्जुनधारा जेसीजले आयोजना गरेको शुभकामना तथा क्यालेण्डर विमोचन समारोहलाई सम्बोधन गर्दै प्रमुख रानाले नगरलाई दुव्र्यशनी मुक्त नगर अभियान निर्माण गर्न जेसीजलाई आग्रह गरेका हुन् । उनले सामाजिक अभियानका रुपमा रहेका जेसीजले यो अभियानलाई समेत स्वीकार गरी सिंगो नगरलाई अबको केही वर्षभित्रमा दुव्र्यशनी तथा लागुऔषध मुक्त नगर बनाउन आग्रह गरेका थिए । त्यसका लागि नगरपालिकाले जेसीजलाई सक्दो साथ र सहयोग गर्ने समेत प्रतिबद्धता जनाए । सोही अवसरमा प्रमुख रानाले जेसीजले प्रकाशन गरेको २०७५ सालको क्यालेण्डरको समेत विमोचन गरेका थिए । 
    शाखा अध्यक्ष अजय देवको सभापतित्वमा सम्पन्न कार्यक्रममा बिरिङ खोला जलधारका अध्यक्ष छविलाल सिवाकोटी, शनिश्चरे उद्योग वाािण्ज्य संघका सचिव चतुर्भुज काफले, शाखाका संस्थापक अध्यक्ष इन्दीवर खड्का, पूर्व अध्यक्ष दिपिन राई, सार्दुल ओली, महिला नेतृ कुशुम राई, चन्द्रकला भण्डारी, माओवादीका भुपेन्द्र न्यौपानेलगायतले नयाँ वर्षको शुभकामना व्यक्त गरेका थिए । निर्मल काफ्लेको संयोजकत्वमा भएको कार्यक्रमको आस्था वाचन निशा गौतम, स्वागत पूर्व अध्यक्ष प्रल्लाहद ढुङ्गाना र सञ्चालन महासचिव देवेन्द्र मैनालीले गरेका थिए । 
     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…